काठमाडौं

नेपाली, कला, भाषा, संस्कृतिलाई विश्वब्यापी करण गर्ने उदेश्यका साथ अस्ट्रेलियामा पहिलो पटक राप्ती अन्र्तरास्ट्रिय म्युजिक अवार्ड हुने भएको छ । "/>

अष्ट्रेलियामा पहिलो पटक राप्ती अन्र्तराष्ट्रिय म्युजिक अवार्ड हुने

अष्ट्रेलियामा पहिलो पटक राप्ती अन्र्तराष्ट्रिय म्युजिक अवार्ड हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाली, कला, भाषा, संस्कृतिलाई विश्वब्यापी करण गर्ने उदेश्यका साथ अस्ट्रेलियामा पहिलो पटक राप्ती अन्र्तरास्ट्रिय म्युजिक अवार्ड हुने भएको छ । बाबा एजुकेसन कन्सुल्टेन्सिको प्रायोजनमा हुन लागेको म्युजिक अवार्ड राप्ति समाज अस्ट्रेलियाले आयोजना गर्न लागेको हो । कार्यक्रम सेप्टेम्बर ८ तारिखको दिन बेलुका ६ बजे देखि इन्द्रेणी फन्क्चन सेन्टर , रकडेलमा हुने भएको छ ।

यस अवार्ड कार्यक्रममा, यतिबेलाका चर्चित नायक पल शाह, लोकप्रिय गायिका राधिका हमाल, सिन्धु मल्ल, गायक कृष्ण रेउले र प्रकाश रेग्मीको सहभागिता हुनेछ । सम्पूर्ण नेपाली कलाकारलाई प्रोत्साहन र राप्ति अञ्चलमा जन्मेका कलाकारहरुलाई सम्मान स्वरुप आयोजना हुन लागेको राप्ती अन्र्तरास्ट्रिय म्युजिक अवार्डको सम्पूर्ण तयारी करिब अन्तिम चरणमा पुगेको जानकारी राप्ती समाज अष्ट्रेलियाका अध्यक्ष नरेश रेग्मीले दिएका छन् ।

कार्यक्रमको शुल्क ३५ डलर रहेको र साथै डिनरको पनि राम्रो ब्यबस्ता रहेको छ । नेपालबाट आउनु हुने कलाकारहरुले आम दर्शकलार्इ भरपुर मनोरंजन प्रदान गर्नु हुने राप्ति समाज अस्ट्रेलियाले जानकारी दिएको छ ।

सिड्निमा आयोजना हुने अधिकांश साङ्गितिक, सांस्कृतिक कार्यक्रमहरुमा मुख्य प्रायोजन गर्ने “बाबा एजुकेसन कन्सल्ट्यान्सी” र आर के एस अस्ट्रेलियाले नै यो कार्यक्रमलाई प्रायोजन गरेको छ । आफुहरुले यस्ता कार्यक्रमहरुलाई प्रोमोट गर्न पाउनु गर्वको बिषय रहेको बताउँछन् बाबा एजुकेसन कन्सुल्टेन्सिका सीईओ रबिन्द्र कुमार शर्मा ।

अस्ट्रेलियाको सिड्नीमा अवस्थित बाबा एजुकेसन कन्सुल्टेन्सिले सिड्नीमा आयोजना हुने धेरै कार्यक्रमहरुलाई आर्थिक सहयोग गर्ने गर्छ जसले गर्दा विदेशमा रहेर पनि नेपाली कला संस्कृतिलाई लाई जगेर्ना गर्न आफुहरुको यो कदमले केहि टेवा पुग्ने बाबा एजुकेसन कन्सुल्टेन्सिका मार्केटिंग म्यानेजर अमृत शर्माले बताए ।

 

Logo