हास्यव्यंग्य कलाकारहरुले पनि बलात्कारीलाई मृत्यदण्ड सजाय दिने व्यवस्था गर्न सरकारसँग माग गरेका छन । गाईजात्रा पर्वको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै हास्यव्यंग्य कलाकार दमन रुपाखेतीले बलात्कारीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो । "/>

बलात्कारीलाई मृत्यदण्ड दिन हास्य कलाकारहरुको माग

बलात्कारीलाई मृत्यदण्ड दिन हास्य कलाकारहरुको माग

केन्द्रबिन्दु
0
Shares

हास्यव्यंग्य कलाकारहरुले पनि बलात्कारीलाई मृत्यदण्ड सजाय दिने व्यवस्था गर्न सरकारसँग माग गरेका छन । गाईजात्रा पर्वको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै हास्यव्यंग्य कलाकार दमन रुपाखेतीले बलात्कारीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो ।

हास्य कलाकार दिपकराज गिरीले मुलुकी ऐन, कर ऐनले मुलुकलाई सास्ती दिएको उल्लेख गर्दै सरकारको आलोचना गर्नुभयो । उहाँले मुलुकी ऐनले हास्यव्यंग्य गर्न पनि नपाउने हो कि भन्ने चिन्ता छाएको प्रतिक्रिया पनि दिनुभयो ।

कार्यक्रममा अर्का लोकप्रिय हाँस्य व्यङ्य कलाकार जितु नेपाल (मुन्द्रे) ले वर्तमान सरकारले व्यङ्ग्य पचाउन नसक्ने बताउनु भयो । उहाँले नेताको पछि नलाग्न तर जनताको काम गर्न भने सहयोग गर्न पनि कलाकारहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा हास्य कलाकारहरुले प्रधानमन्त्री केपी ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको आवाजको नक्कलसहितको व्यंग्य गरेका थिए ।

Logo