दाल चामल लिएर बाढीपीडित केरलामा पुगे सन्नी लियोन

दाल चामल लिएर बाढीपीडित केरलामा पुगे सन्नी लियोन

केन्द्रबिन्दु
0
Shares

भारतको एक सुन्दर राज्य केरलमा अहिले बाढीले पुर्णरुपमा नाश गरेको छ । केरलमा परेका बाढी पिडितहरुलाई सहयोग गर्नको लागि हालै बलिउड अभिनेत्री सन्नी लियोनले केरलका लागि खाना दान गरेकी छिन् ।

केरलमा २०१८ जुलाईमा मनसुन मौसम शुरु भए लगतै भारी वर्षाको कारण बाढी पसेको थियो । केरलमा बाढीबाट लगभग ४ सय व्यक्तिले आफ्नो जीवन गुमाएका छन् र लाखौं मानिसहरु घरबारबिहिन छन् । १ सय वर्षको इतिहासमा केरलमा यस्तो भयानक दृश्य कहिल्यै भेटिएका थिएन ।

धेरै बलिउड स्टारहरुले मद्दतको लागि आफ्नो हात विस्तार गरेका छन् । बलिउडका महानायक अमिताभ बच्चनदेखि लिएर बलिउडका बादशाह शाहरुख खानले समेत रिलीफ फन्डमा रुपैैँया दान गरेका छन् । अभिनेता सुशान्त सिंह राजपूत, रणदीप हुड्डाले पनि सहयोग गरे ।

अब अभिनेत्री सन्नी लियोनीको नाम यस सूचीमा थपिएको छ । उनले केरलका बाढी पीडितहरुका लागि १२ सय किलो खाना सामाग्री दान गरेकी छिन् । यो सामाग्रीमा चामल र दालहरु छन् । सन्नी लियोनीले आफ्नो इन्स्टाग्राममा पतिसँगको फोटोहरु पनि शेयर गरेकी छिन् ।

Logo