काठमाडौं । प्रदीप खडका अभिनित चलचित्र रोजले म्युजिकल्ली ‘कन्टेस्ट’ आह्वान गरेसँगै चर्चामा आयो । ‘रोज’ ले हिट गीत ‘फूल हैन’ माथि ‘म्युजिकल्ली’ प्रतिस्पर्धा आयोजना गरेर विजयी प्रतिस्पर्धी मध्ये ५० जनालाई आकर्षक गिफ्ट ह्याम्पर दिने घोषणा गरेको छ । "/>

चलेका नेपाली म्यूजर्सहरु (भिडियो)

चलेका नेपाली म्यूजर्सहरु (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रदीप खडका अभिनित चलचित्र रोजले म्युजिकल्ली ‘कन्टेस्ट’ आह्वान गरेसँगै चर्चामा आयो । ‘रोज’ ले हिट गीत ‘फूल हैन’ माथि ‘म्युजिकल्ली’ प्रतिस्पर्धा आयोजना गरेर विजयी प्रतिस्पर्धी मध्ये ५० जनालाई आकर्षक गिफ्ट ह्याम्पर दिने घोषणा गरेको छ ।

त्यसैगरी उत्कृष्ट १० जनालाई कलाकारसँग डिनर डेटको व्यवस्था मिलाईएको छ भने दोस्रो र तेस्रो हुनेलाई कुनै एक फिल्म इन्स्टिच्युटमा रुचाएको विधामा छात्रवृत्ति प्रदान गर्नेछ । यतिमात्र होइन रोजले सर्वोत्कृष्टलाई नगद १ लाख रुपैयाँ पुरस्कार पनि दिनेछ ।

त्यस्तै अभिनेत्री तथा निर्माता रेखा थापाको चलचित्र ‘मालिका’ मा समावेश ‘हल्का माया के माया गाढा लगाउने’ बोलको गीतको फेसबुक तथा युटयुबमा ’म्युजिकल्ली’ बनाउनेको प्रतिस्पर्धा नै चलेको छ । ‘हल्का माया के माया बोलको’ गीतमा सर्वसाधरण मात्रै नभएर नेपालका अभिनेता, अभिनेत्री, गायक, गायिकाहरुले समेत म्युजिकल्ली बनाएका छन् ।

रेखाले केही म्युजिकल्लीलाई आफ्नो फेसबुक तथा फ्यान पेजमा सेयर गरेकी छिन् । म्युजिकल्ली हिट भएपछि रेखाले ‘हल्का माया के माया’ को साउण्ड ट्रयाक पनि सार्वजनिक गरेकी छन् । यस ट्रयाकमा गीत गाउने मध्ये केहीले आर्कषक पुरस्कार प्राप्त गर्नेछन् ।

चलचित्रको प्रोमोसनको लागि निर्माण पक्षले अनेकन जुक्ति लगाउनु अस्वभाविक होइन । रोड कन्सर्ट, नेपाल टुर आदि त ट्रेडिस्नल पक्ष भए । अहिले त नयाँ नयाँ प्रविधि प्रयोग गरेर प्रमोसन गर्ने तरिका पनि खोजिन्छ । ‘म्युजिकल्ली’ यसैको पछिल्लो उदाहरण हो । म्युजिकल्लीमा देखिने जमात द्रुत गतिमा बढी रहेको छ । यो जनमानसमा लोकप्रिय पनि हुन थालेको छ ।

सेलिब्रटी मात्र होइन, म्युजिकल्लीमा सर्वसाधारणको पनि उत्साहजनक सहभागिता देखिन्छ । र, यही गरेर चर्चित हुनेहरु पनि छन् । कुनै गीतको ट्रयाकमा एक्टिङ गरेर त्यसलाई म्युजिकल्लीमा पोस्ट गरिन्छ र त्यो भिडियो अरु टिकटक म्युजिकल्ली चलाउनेले हेर्छन र मन परे लभ रियाक्ट गर्छन् । र फलो पनि गर्न सकिन्छ ।

टिकटक म्युजिकल्ली चलाउनेलाई म्यूजर भनिन्छ । नेपालमा पनि त्यस्ता थुप्रै छन् जो टिकटक म्युजिकल्ली यूज गर्छन र आफु भित्र लुकेको प्रतिभा देखाउँछन् । आजको हाम्रो रिपोर्ट यही विषयमा केन्द्रित छ ।

हेर्नुहोस् म्युजिकल्ली गर्ने सेलिब्रेटीहरु भिडियोमा–

 

हेर्नुहोस् म्यूजिकल्ली गर्ने सेलिब्रटीहरु भिडियोमा–

Logo