अभिनेत्री तथा निर्माता रेखा थापाको चलचित्र ‘मालिका’ मा समाबेश ‘हल्का माया के माया गाढा लगाउने’ बोलको गीत निकै चर्चित भइरहेको छ । "/>

‘हल्का माया के माया’ को ट्रयाकमा गीत गाउनेलाई रेखाले पुरस्कार दिने

‘हल्का माया के माया’ को ट्रयाकमा गीत गाउनेलाई रेखाले पुरस्कार दिने

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री तथा निर्माता रेखा थापाको चलचित्र ‘मालिका’ मा समाबेश ‘हल्का माया के माया गाढा लगाउने’ बोलको गीत निकै चर्चित भइरहेको छ । पछिल्लो हप्ता यो गीतको फेसबुक तथा युटयुबमा ‘म्युजिकल्ली’ बनाउनेको प्रतिस्पर्धा चलेको छ ।

‘हल्का माया के माया बोलको’ गीतमा सर्वसाधरण मात्रै नभएर नेपालका अभिनेता, अभिनेत्री, गायक, गायिकाहरुले पनि म्यूजिकल्ली बनाएका छन् । रेखाले केहि म्युजिकल्लीलाई आफनो फेसबुक तथा फयान पेजमा सेयर गरेकी छिन् । म्युजिकल्ली हिट भएपछि रेखाले ‘हल्का माया के माया’को साउण्ड ट्रयाक पनि सार्वजनिक गरेकी छिन् । यस ट्रयाकमा गीत गाउने मध्ये केहीले आर्कषक पुरस्कार प्राप्त गर्ने भएका छन् ।

रेखा थापाको निर्देशन रहेको चलचित्र ‘मालिका’ लाई नर बहादुर कार्की र सरस्वती थापाले निर्माण गरेका छन् । मालिका कातिक २९ गते लक्ष्मी पुजादेखि  प्रर्दशनमा आउने भएको छ ।

Logo