५ लाखको तीज गीतका निर्देशक बने अधिकारी (म्यूजिक भिडियो सहित)

५ लाखको तीज गीतका निर्देशक बने अधिकारी (म्यूजिक भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

गीतकार तथा म्यूजिक भिडियो निर्देशक लोकराज अधिकारी ५ लाखको तीज गीतका निर्देशक बनेका छन् । उनले निर्देशन गरेको सरोज खनाल र अनुशाह अभिनित छुट्टा छुट्टै तीज गीतलाई दर्शकले मन पराएका छन् । यी दुई गीत ५ लाखभन्दा बढी पटक हेरिसकिएको छन् ।

सरोज खनाल र शिलास्मा मल्ल अभिनीत ‘म माइती हिडेको…’ बोलको गीत यो समाचार तयारपार्दासम्म २ लाख १५ हजार पटक हेरिसकिएको छ । यस गीतमा बिन्दु परियारको स्वर र गोबिन्द मधुर आचार्यको संगीत रहेको छ ।

त्यसैगरी अनु शाह अभिनीत अर्को तीज गीतलाई दर्शकले ३ लाख २१ हजारभन्दा बढी पटक हेरिसकेका छन् । ‘आफ्नो त मन छ, माइतीघर तिर…’ बोलको यस गीतलाई मेलिना राईले स्वर दिएकी हुन् । यस गीतका संगीत दिएका छन् लोकप्रिय संगीतकार लक्ष्मण शेषले । ‘सयौं तीज गीत सार्बजनिक भएका र त्यसमा पनि नयाँ युटुब च्यानल बाट रिलिज गरिएको तीज गीतमा अग्र्यानिक भ्युज ५ लाख पाउनुले आफू सफल भएको’ गीतकार तथा निर्देशक लोकराज अधिकारी दाबी गर्छन् ।

 

Logo