काठमाडौं

वीर अस्पतालको सरसफाइ गरेवापत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धुर्मस-सुन्तली फाउण्डेशनलाई ६९ लाख ८६ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । "/>

धुर्मस-सुन्तली फाउण्डेशनलाई स्वास्थ्य मन्त्रालयबाट ६९ लाख ८६ हजार सहयोग

धुर्मस-सुन्तली फाउण्डेशनलाई स्वास्थ्य मन्त्रालयबाट ६९ लाख ८६ हजार सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

वीर अस्पतालको सरसफाइ गरेवापत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धुर्मस-सुन्तली फाउण्डेशनलाई ६९ लाख ८६ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । गत साउन ११ गते बसेको मन्त्रिपरिषद्को वैठकले धुर्मुस-सुन्तली फाउण्डेशनलाई वीर अस्पताल सरसफाइ गरे बापतको रकम उपलब्ध गराउन निर्णय दिएपछि मन्त्रालयले उक्त रकम उपलब्ध गराउन वीरलाई निर्देशन समेत दिएको छ ।

‘वीर अस्पतालको सरसफाइ गर्ने क्रममा धुर्मुस-सुन्तली फाण्डेशनलाई रकम अभाव भएपछि स्वास्थ्य मन्त्रालयले उक्त रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । सामाजिक काममा सक्रिय यो जोडीलाई वीर अस्पताल सरसफाईकै क्रममा आलोचनाको पात्र पनि बनाइएको थियो । तर पनि उनीहरुले आफ्नो कामलाई निरन्तरता दिइरहेका छन् । यस फाउण्डेशन मार्फत धुर्मुस र सुन्तलीको पहलमा काभ्रे, सिन्धुपाल्चोक, महोत्तरी र रौतहटमा गरि चार वटा एकिकृत नमुनावस्ती समेत निर्माण गरि हस्तान्तरण पनि गरिसकेका छन् ।

Logo