Breaking News: प्रियंका कार्की र आयुष्मान देशराजको अफिसियल इङ्गेजमेन्ट आज

Breaking News: प्रियंका कार्की र आयुष्मान देशराजको अफिसियल इङ्गेजमेन्ट आज

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रियंका कार्की र आयुष्मान देशराज जोशीको अफिसियल इङ्गेजमेन्ट आज भइरहेको छ । राजधानीको गौशालामा रहेको होटल द्वारिकाजमा आज कार्की र जोशीले अफिसियल रुपमा इङ्गेजमेन्ट सुरु भएको हो ।

यसअघि नै उनीहरुको इङ्गेजमेन्ट भएको खवरहरु सार्वजनिक भएपनि अफिसियल रुपमा आज नै भएको स्रोतले बतायो । स्रोत भन्छ, ‘अस्ति पारिवारिक कुराकानी मात्रै भएको हो । विहे गर्ने समझदारी मात्रै भएको हो । खासमा उनीहरुको इङ्गेजमेन्ट आज हो ।’

होटल द्वारिकाजमा केही सेलिब्रेटी र पारिवारिक सदस्यहरु सहभागि छन् । उनीहरुले औठी साटासाट गरेका हुन् । 

नेपाली मिडियाहरुमा छाउने प्रियंका कार्कीले आफ्नो इङ्गेजमेन्टमा भने मिडियाका मान्छेहरुलाई बोलाइनन् । 

परिवारका सदस्य र केही सेलिब्रेटीहरुका साथमा द्वारिकाजमा भव्य कार्यक्रम भएपनि त्यहाँ न कुनै मिडियाहरु सहभागि छन् न नेपाली कलाकारहरु नै ।

Logo