नारिहरुको महान चाँड हरितालिका तीजको अवशर पारेर सञ्चारकर्मी कल्पना भण्डारीले गीत सार्वजनिक गरेकी छिन् । आफ्नै स्वर अभिनयरहेको अहिलेको तिजैमा बोलको गीतको शब्द विपीन किरण र संगीत श्रीकृष्ण बम मल्लको रहेको छ । "/>

सञ्चारकर्मी कल्पना भण्डारीको तीज गीत ‘अहिलेको तिजैमा’ सार्वजनिक (भिडियो)

सञ्चारकर्मी कल्पना भण्डारीको तीज गीत ‘अहिलेको तिजैमा’ सार्वजनिक (भिडियो)

केन्द्रबिन्दु
0
Shares

नारिहरुको महान चाँड हरितालिका तीजको अवशर पारेर सञ्चारकर्मी कल्पना भण्डारीले गीत सार्वजनिक गरेकी छिन् । आफ्नै स्वर अभिनयरहेको अहिलेको तिजैमा बोलको गीतको शब्द विपीन किरण र संगीत श्रीकृष्ण बम मल्लको रहेको छ ।

तिज भनेको विशेष गरी दिदि बहिनी भेला हुने, नाचगान गर्ने रमाइलो गर्ने पर्व भएकोले आफूले ल्याएको गीतले मनोरञ्जन दिनेमा विश्वस्त रहेको उनी बताउँछिन् । तीज पर्वमा रंगहरुको संयोजन, एक आपसबीचको रौनकता, मनमा छाउने उत्साह मलाई असाध्यै मनपर्ने पाटो हो, उनी भन्छिन् । रामकुमार केसीको छायांकन राज महर्जनको कोरीयोग्राफी रहेको उक्त गीतको भिडियोको सम्पादन तथा निर्देशन टेकेन्द्र साह गरेका छन् ।

भण्डारी झण्डै डेढ दशकदेखी नेपाली टेलिभिजनमा सक्रिय छिन् । च्यानल नेपालमा कार्यक्रम प्रस्तोता हुँदै सगरमाथा टेलिभिजनमा लामो समय समाचार बाचकको रुपमा काम गरेकी भण्डारी हाल नेपाल टेलिभिजनमा संकल्प कार्यक्रमको प्रस्तोता तथा निर्माता छिन् । उनले यस अघि पनि बिपिन किरणको शब्दमा ‘मै कती भाग्यमानी’ बोलको तीज गीत बजारमा ल्याएकी थिइन् ।

किरण क्रियसनले बजारमा ल्याएको हो ।

Logo