कुमार कट्टेललाई भन्दा 'जिग्री बोरो' लाई चिन्नेहरु धेरै छन् । 'जिग्री बोरो', यो शब्दले कुमार कट्टेललाई मात्रै चिनाएनन् आम नेपाली समुदायमै एउटा छाप छोडेको छ । "/>

कति बर्ष पुगे भद्रगोलका जीग्री २५ कि ३५ ? ( भिडियो सहित )

कति बर्ष पुगे भद्रगोलका जीग्री २५ कि ३५ ? ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

कुमार कट्टेललाई भन्दा ‘जिग्री बोरो’ लाई चिन्नेहरु धेरै छन् । ‘जिग्री बोरो’, यो शब्दले कुमार कट्टेललाई मात्रै चिनाएनन् आम नेपाली समुदायमै एउटा छाप छोडेको छ । सबैभन्दा नजिकका साथीलाई कतिपयले ‘जिग्री’ भन्न थालेका छन् भने कतिपयले ‘बोरो’ भन्न थालेका छन् । ‘जिग्री बोरो’ पर्दामा छाएपछि नै यी शब्दहरु नेपाली समुदायमा ‘भाइरल’ बनेका हुन् ।

हिजो तिनै ‘जिग्री बोरो’ अर्थात कुमार कट्टेलको जन्मदिन । ‘जिग्री बोरो’ चरित्रको उदय हुनुअघिसम्म कुमार कट्टेल कलाकार मात्रै थिए । जब हास्यटेलिसिरियल ‘भद्रगोल’ मा ‘जिग्री बोरो’ नामक पात्रको जन्म भयो त्यसपछि कुमार कट्टेल मात्र कुमार कट्टेल रहेनन् ‘जिग्री बोरो’का रुपमा आम समुदाय माझ लोकप्रिय कलाकार बन्न सफल भए । बिशेष गरि युवापुस्तामा उनको अभिनय छाप मज्जाले गडेको पाइयो । 

उनको जन्मदिनको अवशर पारेर हामीले जिग्रीसँगै भद्रगोल टिमसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ यो कुराकानी : 

Logo