श्रीमान् भन्दा जेठीहरु (भिडियो रिपोर्ट)

श्रीमान् भन्दा जेठीहरु (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

श्रीमतीभन्दा श्रीमानको उमेर बढी हुनुपर्छ भन्ने सामाजिक मान्यता रहेको छ । हिन्दू संस्कारमा मात्र होइन हरेक जाती र क्षेत्रमा समेत यही मान्यता स्थापित छ । यस्तो मान्यता विकास हुनुको कारण के तपाईलाई थाहा छ ? किन हुँदैन भनिएको हो, श्रीमानभन्दा श्रीमती कान्छी हुनुपर्छ भनेर ?

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नी श्रीमती सीता दाहालभन्दा कान्छा छन् । प्रचण्ड अहिले ६३ बर्षका भएका छन् भने श्रीमती दाहाल केही बर्षअघि नै ६३ कटिसकेकीछिन् । राजनीतिकबृत्तमा कान्छा श्रीमान्हरु अरु पनि छन् । तर आज हामी राजनीतिक क्षेत्र होइन, ग्लेमरस क्षेत्रका त्यस्ता जोडीहरुको कुरा गर्दैछौं, जहाँ श्रीमानभन्दा श्रीमती जेठी छन् ।

सेलिब्रेटीहरुमा मनिषा कोइराला सर्वाधिक चर्चामा थिइन्, कान्छो ब्यक्तिसँग विवाह गरेकोमा । मनिषा मात्र होइन, श्रीमानभन्दा जेठा श्रीमतीहरुको चर्चा समाजमा हुने नै गर्छ । श्रीमान् भन्दा श्रीमती कान्छी हुनुपर्छ भन्ने मान्यता भएपनि हामीले यहाँ यस्ता कलाकार जोडीहरुको कथा प्रस्तुत गर्दैछौं, जो श्रीमान्भन्दा जेठा छन् । वा जो श्रीमतीभन्दा कान्छा छन् ।

बलिउडमा समेत श्रीमानभन्दा जेठा नायिकाहरु कमै भेटिन्छन् । नेपालमा पनि यस्तै अवस्था छ । तर पनि हामीले केही जोडीहरुको पहिचान गरेका छौं, फिल्म क्षेत्रमा । आधा दर्जनभन्दा बढी त्यस्ता जोडी फेला पारेका छौं, जसको श्रीमान् कान्छो वा श्रीमती जेठी छन् । हेर्नुहोस् भिडियोमा को–को हुन् ती ८ जोडी ?

 

Logo