कुमार कट्टेललाई भन्दा 'जिग्री बोरो' लाई चिन्नेहरु धेरै छन् । 'जिग्री बोरो', यो शब्दले कुमार कट्टेललाई मात्रै चिनाएनन् आम नेपाली समुदायमै एउटा छाप छोडेको छ  । "/>

असहायहरुको साथमा जिग्रीको ‘बर्थ डे’

असहायहरुको साथमा जिग्रीको ‘बर्थ डे’

केन्द्रबिन्दु
0
Shares

कुमार कट्टेललाई भन्दा ‘जिग्री बोरो’ लाई चिन्नेहरु धेरै छन् । ‘जिग्री बोरो’, यो शब्दले कुमार कट्टेललाई मात्रै चिनाएनन् आम नेपाली समुदायमै एउटा छाप छोडेको छ  । सबैभन्दा नजिकका साथीलाई कतिपयले ‘जिग्री’ भन्न थालेका छन् भने कतिपयले ‘बोरो’ भन्न थालेका छन् । ‘जिग्री बोरो’ पर्दामा छाएपछि नै यी शब्दहरु नेपाली समुदायमा ‘भाइरल’ बनेका हुन् ।

आज तिनै ‘जिग्री बोरो’ अर्थात कुमार कट्टेलको जन्मदिन । ‘जिग्री बोरो’ चरित्रको उदय हुनुअघिसम्म कुमार कट्टेल कलाकार मात्रै थिए  । जब हास्यटेलिसिरियल ‘भद्रगोल’ मा ‘जिग्री बोरो’ नामक पात्रको जन्म भयो त्यसपछि कुमार कट्टेल मात्र कुमार कट्टेल रहेनन् ‘जिग्री बोरो’का रुपमा आम समुदायमाझ लोकप्रिय कलाकार बन्न सफल भए । बिशेष गरि युवापुस्तामा उनको अभिनय छाप मज्जाले गडेको पाइयो । ‘जिग्री बोरो’ पात्रले ‘भद्रगोल’ लाई मात्रै सफलता दिलाएन कुमार कट्टेलको जीवनमा पनि सुनौलो सफलता दिलायो ।

कुमारको जीवनमा ‘जिग्री’ शब्द ‘भद्रगोल’मा आएपछि मात्रै प्रयोग भएको भने होइन । उनले अभिनय यात्रा थालेको हास्य सिरियल ‘मेरी बास्सै’ मा पनि उनको भूमिका ‘जिग्री हजुर’ का रुपमा थियो । भद्रगोलमा ‘जिग्री बोरो’ फटाहा, ट्यापे खालको एक जना बेरोजगार युवा हुन् । जो सधैभरि रक्षालाई बिहे गर्न अनेकन तिकडम रच्छन । तर अहिलेसम्म उनको इच्छा सफल भएको छैन ।  हल्का टुच्च लाउने, उट्पट्याङ् गर्ने उनको कहिल्यै नटुट्ने बानी हो भने ‘सक्की गो नि’ उनको लोकप्रिय थेगो । जति कुटाई खाए पनि उनीसंगै रम्ने उनका जिग्री र बोरो हुन्- ‘कक्रोज’ अर्थात हरि निरौला र ‘बले’ अर्थात सागर लम्साल ।

कुमार विज्ञान विषयमा उच्च शिक्षा हासिल गर्न चाहन्थे तर अध्ययनका निम्ति बेलायत पुगेर पनि फर्किएका थिए उनी । बिगतमा केही समय मिडिया र बिज्ञापन एजेन्सीको काम समेत गरेका उनी अचेल पूर्णत कलाकारिता र समाजसेवामा सक्रिय छन् । स्क्रिप्ट लेख्ने, निर्देशन गर्ने, बिभिन्न बिज्ञापनहरुमा खेल्ने, म्युजिक भिडियोमा खेल्ने, स्टेज कार्यक्रममा जाने र बाकी भएको समय सामाजिक काम लगाउने उनको अचेलको दैनिकी बनेको छ ।

‘जिग्री बोरो’को अनन्य मित्र बले र कक्रोज भए पनि कुमार कट्टेलको अनन्य मित्र भने अर्जुन घिमिरे अर्थात ‘पाँडे’ पनि हुन्  । ‘सिस्नुपानी झ्याम्मै हुँदै भद्रगोलको अहिलेसम्मको यात्रामा उनीसँगैको सहयात्रामा छन् ।

कुमार तीन दाजुभाईमध्येका माइलो हुन् । कुमार भविष्यमा ठूलो पर्दाको चलचित्र निर्देशन गर्ने बताउँछन् । जिग्री बोरोलाई हाम्रो तर्फबाट मुरी मुरी शुभकामना ।

असहायको साथमा बर्थ डे

कुमार कट्टेलले ललितपुरमा रहेको ‘नेपाल स्नेही काख’मा रहेका वृद्ध, बालबालिका, असहाय महिलाहरुसंग बसेर जन्मदिन मनाएका छन् । अर्जुन घिमिरे अर्थात् पाडे र जिग्रीले उक्त संस्थालाई २५ हजार रुपैया सहयोग गरेका छन् । गत बर्ष उनीहरुले सप्तरीमा दृस्टीबिहिन परिवारलाई घर बनाईदिएका थिए । 

‘मेरो पहिलो नजरमा प्रेम नभएको कदापि होईन । यि वृद्ध, बालबालिका, असहाय महिला, असक्त्त मेरो देशको नागरिकसँग मलाई पहिलो नजरमै माया बसेको थियो । यो बर्ष जन्मदिनको सुरुवात मेरो पहिलो प्रेम ‘नेपाल स्नेही काख’ को प्राङ्गणबाट’ उनले फेसबुकमा लेखेका छन् ।

Logo