तिज भन्ने बितिकै संगै जोडिएर आउने नाम हो- कोमल ओली । कहिले ‘पोइल जान पाम्’, ‘यो त लास्टै चोटी हो’ जस्ता गीत गएर चर्चामा आएका ओली यस पटक भने आफ्नो पेशा अनुसारकै तिज कोसेली लिएर आएकी छन्  । "/>

माननीय कोमल वलीको तिज कोसेली ‘माननीय ज्यू’ सार्वजनिक (भिडियोसहित)

माननीय कोमल वलीको तिज कोसेली ‘माननीय ज्यू’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

तिज भन्ने बितिकै संगै जोडिएर आउने नाम हो- कोमल ओली । कहिले ‘पोइल जान पाम्’, ‘यो त लास्टै चोटी हो’ जस्ता गीत गएर चर्चामा आएका ओली यस पटक भने आफ्नो पेशा अनुसारकै तिज कोसेली लिएर आएकी छन्  ।

प्रदेश ५ बाट राष्ट्रिय सभामा निर्वाचित भएपछि कोमल वलीले यसपटक ‘माननीय ज्यू’ बोलको गित ल्याएकी हुन् । गायक पशुपति शर्मासँगको गीतमा कोमल वलीले नेपाली राजनीतिका विकृत पक्षलाई व्यंग्य गर्दै आफूले गलत काम नगर्ने प्रतिबद्धता जनाएकी छिन् ।

म्युजिक भिडियोमा गायक पशुपति शर्माले विभिन्न अवतारमा कोमल वलीलाई घुस दिन खोज्ने तर ओलीले नलिने देखाइएको छ । माननीय ज्यू बोलको यो गीत पशुपति शर्माले नै लेखेका हुन् । पवित्रा आचार्यको कोरियोग्राफी र दुर्गा पौडेलको निर्देशन तथा छायांकन छ ।

 

Logo