भारतीय टेलिभिजन रियालिटी शो डान्स प्लस र डान्स च्याम्पियनबाट चर्चित भएको नृत्य समूह हो ‘दि वाइल्ड रिपर्ज’ ले नेपालमा हिपहप डान्स वर्कसप गर्ने भएको छ । "/>

हिपहप डान्स वर्कसप गर्दै ‘वाइल्ड रिपर्ज’

हिपहप डान्स वर्कसप गर्दै ‘वाइल्ड रिपर्ज’

केन्द्रबिन्दु
0
Shares

भारतीय टेलिभिजन रियालिटी शो डान्स प्लस र डान्स च्याम्पियनबाट चर्चित भएको नृत्य समूह हो ‘दि वाइल्ड रिपर्ज’ ले नेपालमा हिपहप डान्स वर्कसप गर्ने भएको छ । हिपहप डान्स ग्रुप नामले पनि चिनिने वाइल्ड रिपर्ज क्रुले जुलाई २० र २१ तारिखमा नेपालमा हिपहप डान्स वर्कसप गर्ने भएको हो ।

अवसरको ठूलो मञ्चको खोजीमा भारतको मुम्बई छिरेको वाइल्ड रिपर्ज क्रुले त्यहाँ पनि विभिन्न उपाधि जितेको छ । दुई वर्षबीचमा क्रुले अल इन्डिया भि फेष्ट २०१५, युडिएमएस मुम्बई च्याम्पियनसिप २०१४ र इन्डिया वेस्ट डान्स क्रु २०१६ जस्ता महत्वपूर्ण उपाधि जितेको छ ।

वर्कसपमा सहभागि हुन चाहानेहरुले रु १ हजार तिरेर डान्स डाइरेक्टर एसोसिएसन नेपाल पुतलिसडकमा आफ्नो समूह रजिस्टर गर्नुपर्ने छ । वाइल्ड रिपर्जले डेल डान्स कम्पिटिसन २०१२, अल नेपाल अर्बन स्ट्रिट डान्स कम्पिटिसन २०१३ लगायत थुप्रै उपाधि हात पारिसकेको छ । नेपाल म्युजिक सेन्टर, गौसालामा कार्यक्रम दिँउसो २ बजेबाट हुनेछ । 

Logo