क्यान्सरपीडित अभिनेत्री सोनाली बेन्द्रेको कथा ब्यथा (भिडियो रिपोर्ट)

क्यान्सरपीडित अभिनेत्री सोनाली बेन्द्रेको कथा ब्यथा (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

बलिउडकी सुन्दरी अभिनेत्री सोनाली बेन्द्रे यतिबेला डरलाग्दो रोग क्यान्सरको सामना गरिरहेकी छिन् । सोनाली आफैले सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेखेर आफुलाई डी ग्रेडको क्यान्सर भएको कुरा उल्लेख गरेपछि रोग सार्वजनिक भएको हो ।

शरिरमा क्यान्सर देखिएपछि अभिनेत्री सोनाली अमेरिका पुगेकीछन् उपचारकोलागी । न्यूयोर्कमा उपचारार्थ अभिनेत्रीले आफूलाई डी ग्रेडको क्यान्सर भएको समाचार सार्वजनिक गरेपछि शुभचिन्तकहरु समेत स्तभ्द बनेका छन् । चिकित्सकहरुका अनुसार डी ग्रेडको क्यानसर भनेको शरिरमा फैलिसकेको अवस्था हो ।

४३ बर्षिय बेन्द्रेको जन्म मुम्बईको मराठी परिवारमा भएको हो । उनले सन् २००२ मा फिल्म निर्माता गोल्डाइ बेहलसँग १० बर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा रुपान्तरित गरेकी थिइन् । अहिले उनीहरुको एउटा छोरा छ । छोराको नाम रनवीर हो ।

अभिनय यात्रा
सोनाली हिन्दीसँगै तलेगु, तामिल, मराठी र कन्नड भाषाका चलचित्रमा निकै जमेकी अभिनेत्री हुन् । हरेक चलचित्रबाट उत्तिकै चर्चा कमाएकी उनी अभिनय यात्रा सुरु गर्नुअघि ‘स्टार डस्ट ट्यालेन्ट सर्च’ को बिजेता बनेकी थिइन् ।

सोनालीले पहिलोपटक सन १९९४ मा फिल्म आगबाट अभिनय यात्रा थालेकी थिइन् । यो फिल्मले सोचे जस्तो बजार पाउन नसके पनि अभिनेत्री बेन्द्रेले भने सोचेभन्दा राम्रो प्रंशसा पाइन् । उनले त्यो बर्ष ‘बेस्ट फिमेल डेब्य’ू अवार्ड समेत हात पारिन् । यस चलचित्रका नायक थिए, गोविन्दा । त्यसपछि उनले दिलजले, सरफरोज, जख्म, डुब्लिकेट, हम साथ साथ हे, अनाहत लगायत थुपै चलचित्रमा अभिनय गरिन् ।

सोनालीको अर्काे बिशेषता भनेको नृत्य हो । सन् १९९६ मा गायक माइकल ज्याक्सन भारतमा आउँदा उनले नै स्वागत नृत्य गरेकी थिइन् । गद्दर, सपूत, बम्बे, लज्जा र मेजर साब जस्ता चलचित्रमा नृत्य गरेर उनी चर्चाको चुलीमा पुगिन् ।
अभिनय यात्राकै क्रममा उनले सन् २००३ मा बलिउडका हस्ती शाहरुख खानसँग काम गर्ने अवसर पाइन् । ‘कल हो ना हो’ मा उनले सलमानसँग काम गरिन् । जसमा प्रिति जिन्टा र शेफ अलि खानले पनि अभिनय गरेका थिए । उनले अहिलेसम्म ४ दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

अभिनय र नृत्य मात्रै होईन टिभी शो हरुमा समेत उनको उपस्थिती बलियो छ । ‘इन्डियाज वेस्ट ड्रामेवाज’, इन्डियन गट ट्यालेन्टदेखि इन्डियन आइडलमा समेत उनले निर्णायकको भूमिका निभाईसकेकी छिन् । यसका साथै उनले विभिन्न फेशन शो, कार्यक्रम र टिभी शोहरुमा होस्टको काम पनि गरिरहेकी छन् ।

के हो ‘हाइ–ग्रेड क्यान्सर’ ?
अभिनेत्री सोनाली अहिले क्यान्सरको उपचारका लागि न्यूयोर्कमा छिन् । उनलाई क्यान्सर भएको खबर सार्वजनिक भएसँगै अभिनेता सलमान खानदेखि अक्षयकुमार समेतले स्वास्थ्य लाभको कामना गरेका छन् । उनले आपूmलाई कुन अंगमा क्यान्सर भएको भनेर नखुलाए पनि ‘हाई ग्रेड क्यान्सर’ भएको बताएकी छिन् ।

सामान्यतः उपचारको सम्भावनाको आधारमा क्यान्सरलाई ग्रेडिङ गरिन्छ । लो ग्रेड, इन्टरमिडेट र हाई ग्रेड क्यान्सर गरेर तीन भागमा विभाजन गरिएको छ । हाइग्रेड क्यान्सर भन्नाले अलि बढी नै खतरानाक क्यान्सरलाई बुझिन्छ । भारतीय मिडियाहरुमा प्रकाशित अंकोलोजिस्ट डाक्टरहरुका अनुसार सोनालीको शरिरभरी क्यान्सर फैलीसकेको हुन सक्ने बुझिन्छ । सोनालीको स्टाटसलाई आधार बनाएर उनीहरुले यो कुरा भनेका हुन् । सोनालीले प्रयोग गरेको ‘हाइ ग्रेड क्यान्सर’ र ‘मेटास्टाइज्ड’ यी दुई शब्दलाई अंकोलोजिस्टहरुले गहनरुपमा लिएका छन् ।

क्यान्सरका ४ चरणमध्ये सोनालीको अवस्था चौंथो अवस्थामा पुगेको खबर सार्वजनिक भईरहेका छन् । क्यान्सर कति मात्रामा फैलिएको छ भन्ने आधारमा यसको चरण तोकिन्छ । क्यान्सरको सुरुवाती अवस्था पहिलो चरण हो । यो चरणमा जुन अंगमा क्यान्सर भएको हो त्यसमा मात्रै फैलिएको हुन्छ । दोश्रो र तेश्रो चरणमा क्यान्सर फैलिएर बाहिरका अंगलाई पनि असर गर्न थालेको हुन्छ । चौथौं चरण भनेको शरिरभरी नै क्यान्सर फैलिएको अवस्था हो । क्यान्सरको मेटास्टाइज्ड भनेको अन्तिम चरण हो । यो अवस्थामा उपचार असम्भव नै त होईन तर त्यति सहज पनि नहुने अंकोलोजिस्टहरु बताउँछन् ।

सोनालीले आफूलाई लागेको रोगका विरुद्ध लड्न परिवार र शुभ चिन्तकहरुको मायाले संभव भएको पनि वताएकि छन् । इन्डिया बेष्ट ड्रामेवाजमा जजको रुपमा काम गरिरहेकी सोनाली ट्यालेन्ट अभिनेत्रीको रुपमा समेत परिचित छिन् ।

यसअघि अर्की महसुर अभिनेत्री मनिषा कोइरालालाई पनि क्यान्सर भएको थियो । तर उनको क्यान्सर पहिलो स्टेजमा रहेकोले उपचार संभव भयो र उनी हाल चलचित्रमा फर्किसकेकीछन् । सोनालीलाई चलचित्रमा फर्किन कति समय लाग्ने हो, त्यसको जवाफ चिकित्सकहरुले मात्र दिन सक्लान् । तर बलिउड चलचित्र क्षेत्र र सम्पूर्ण उनका शुभ चिन्तकहरु भने उनको सु स्वास्थ्यको कामना गरेर बसेका छन् ।

Logo