काठमाडौं

महिलाहरुको चार्ड तीज आउन अझै २ महिना जति बाँकी छ तर पनि तीज गीत हरु डिजीटल प्लेटफर्महरुमा आउने क्रम सुरु भइसकेको छ । "/>

बद्री पंगेनी र कला पंगेनीको तीज कोशेली चिटीक्कै मलाई सुहायो बजारमा

बद्री पंगेनी र कला पंगेनीको तीज कोशेली चिटीक्कै मलाई सुहायो बजारमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

महिलाहरुको चार्ड तीज आउन अझै २ महिना जति बाँकी छ तर पनि तीज गीत हरु डिजीटल प्लेटफर्महरुमा आउने क्रम सुरु भइसकेको छ । यसै क्रममा चर्चीत लोक गायक बद्री पंगेनी र कला पंगेनीको स्वरमा नयाँ गीत “चिटीक्कै मलाई सुहायो” बजारमा आएको छ ।

उक्त गीतका गीतकार नरेन्द्र बस्नेत हुन् भने गीतको भिडीयो प्रविन थापाले निर्देशन गरेका छन् । चर्चित मोडल महेन्द्र गौतमका साथमा अहीलेकी चर्चित मोडल अन्जली अधिकारीले यसमा कम्मर मर्काएकी छिन् ।

विदेश गएको श्रीमान र घर चलाएर बसेकी श्रीमती विचको मायाप्रेम र ठाकठुक झगडालाई गीतमा उन्न खोजेको कुरा गीतकार नरेन्द्र बस्नेतले बताए । उक्त गीत गोर्खा रेडीयोको युट्युब च्यानलमा रहेको छ ।

 

Logo