तीन युवाहरुको ‘नबजेको घण्टी’ (भिडियो सहित)

तीन युवाहरुको ‘नबजेको घण्टी’ (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

मोबाईलमा बजेन घण्टी
सानो खवर लगिदिनु है अन्टी ।
गाऊँकी गोरीलाई
नक्कली मोरीलाई ।।

सिन्धुलीका तीन युवाहरुले ‘मोबाईलमा बजेन घण्टी’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । रेन्बो म्यूजिक ट्रेनिङ सेन्टर सिन्धुलीका प्रशिक्षार्थी विनोद थापाले ल्याएको यस भिडियोको गीतलाई पुस्कल खतिवडाले संगीत दिएका हुन् । गोविन्द थापा गीतकार र बरिष्ठ संगीतकार राजु सिंह एरेन्जर रहेको यस गीतको छायांकन सिन्धुली जिल्लाको रमणिय स्थलहरुमा गरिएको छ ।

संगीतकार पुस्कल खतिवडा गायनमा निकै अघि बढीसकेका युवा प्रतिभा हुन् । उनले राष्ट्रिय स्तरका केही प्रतियोगिताहरुमा समेत आफूलाई खरो उतारिसकेका छन् ।

हेर्नुहोस् भिडियो –

 

Logo