सिन्धुपाल्चोक

आफ्नो अगुवाईमा इन्द्रावती नदी किनारको साँगाचोक झ्याडी गाउँमा बनिरहेको एकीकृत नमूना माझी बस्ती निर्माणमा रकम अभाव भएपछि नायिका स्वेता खड्काले व्यक्तिगत सम्पति धितो राखेर लगानी जुटाएकी छिन् । "/>

नायिक स्वेता खड्काको घर धरौटीमा !

नायिक स्वेता खड्काको घर धरौटीमा !

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक

आफ्नो अगुवाईमा इन्द्रावती नदी किनारको साँगाचोक झ्याडी गाउँमा बनिरहेको एकीकृत नमूना माझी बस्ती निर्माणमा रकम अभाव भएपछि नायिका स्वेता खड्काले व्यक्तिगत सम्पति धितो राखेर लगानी जुटाएकी छिन् । अभियन्ता खड्काले स्थापना गरेको स्वेताश्री फाउन्डेसनको अगुवाइमा अविरल बहिरहने इन्द्रावती नदी किनारको यो गाउँमा एक वर्ष देखि ५३ घरधुरीसहितको एकीकृत नमूना बस्ती बनिरहेको छ । एकीकृत नमूना माझी बस्ती विकास परियोजनाका नाममा सार्वजनिक निजी साझेदारी (पिपिपि) मोडेलमा निर्माणाधीन परियोजनामा रकम अभाव भएपछि सहकारी संस्थाबाट ऋण निकालेर लगानी गरेको उनले बताइन् ।

‘काठमाडौँको बागबजारमा रहेको घर सहकारीमा धितो राखेर जुटाएको २० लाख रुपैयाँ बस्ती विकासमा लगाएको छु । त्यस बापत सहकारीलाई मासिक व्याज मात्र २२ प्रतिशत तिरिरहेको छु,’ परियोजनाबारे सरोकारवालालाई जानकारी दिन शुक्रबार सदरमुकाममा आयोजित अन्तक्रियामा फाउन्डेसनकी अध्यक्ष रहेकी खड्काले भनिन् ।

सरकारी झञ्झटिलो प्रक्रियाले आवास अनुदान आउन ढिलाई भएको र कानुनी जटिलताले बैंकबाट भूकम्प पीडितले पाउने सहज कर्जा प्रवाहमा समस्या उत्पन्न भएपछि निर्माणाधीन बस्ती विकासको काम रोक्न नदिन निजी सम्पत्ति धितो राखेर लगानी जुटाउनु परेको गुनासो उनले गरिन् । पीडितले अनुदानको ३ लाखमा बैंकबाट ४ लाख ऋण थपेर ७ लाख रुपैयाँ जुटाउने र बस्तीको सम्पूर्ण भौतिक पूर्वाधार विकासमा फाउन्डेसनले सघाउने गरी खड्काले गत वर्षको जेठमा परियोजना शिलान्यास गरेकी थिइन् ।
नागरिकबाट

Logo