काठमाडौं

नेपाल सरकारले शुरुआत गरेको वीर अस्पताल सरसफाइ कार्यक्रमका नाममा धुर्मुस–सुन्तली फाउन्डेसन माथि गम्भीर आरोप लागेको छ । "/>

वीर अस्पताल सफाइका अभियान्ता धुर्मुस माथि लाखौं रकम असुल गरेको आरोप !

वीर अस्पताल सफाइका अभियान्ता धुर्मुस माथि लाखौं रकम असुल गरेको आरोप !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल सरकारले शुरुआत गरेको वीर अस्पताल सरसफाइ कार्यक्रमका नाममा धुर्मुस–सुन्तली फाउन्डेसन माथि गम्भीर आरोप लागेको छ । फाउन्डेसनको नाममा लाखौं रकम असुल गरेको आरोप समेत लागेको छ । शताब्दी इतिहास बोकेको फोहोर र प्रदूषित वीर अस्पताल सरसफाइको नाममा धुर्मुस–सुन्तली फाउन्डेसनले मनपरी ढंगले सहयोग उठाइरहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले सरकारी स्वास्थ्य संस्थालाई पूर्ण सरसफाइ युक्त बनाउन जेठो अस्पतालबाटै एकमहिने सरसफाइ अभियान सञ्चालन गरेकी थिइन् ।

गत वैशाख २३ गते देखि सफाइ अभियान चलाइएको थियो । अस्पतालमा खटिने १ सय ५० सरसफाइ कर्मचारीले हरेक दिन सरसफाइ गरिरहे पनि अस्पताल निक्कै दुर्गन्धित भएपछि स्वास्थ्य राज्यमन्त्री आफैं शौचालयसमेत सफा गर्न वीर पुगेकी थिइन् । स्वास्थ्य राज्यमन्त्री अर्यालले अभियानको थालनी गरेपछि सरसफाइ दूतका रूपमा समेत रहेका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले अस्पताल सफाइको बहानामा रकम असुल्न शुरू गरेको आरोप लागेको छ ।

स्वास्थ्य राज्यमन्त्रीको अगुवाइमा शुरू भएको वीर अस्पताल सरसफाइ तथा रङरोगन अभियानको सबै खर्च अस्पतालले बेहोर्नु पर्नेमा धुर्मुसले इमोसनल कुरा गर्दै लाखौं रुपियाँ उठाएको आरोप लागेको छ । सरसफाइका लागि सहयोग गर्न सार्वजनिक अपिल गरेरै रकम संकलनमा लागेको फाउन्डेसनले दैनिक लाखौं रुपियाँ उठाएको बताइएको छ । स्वास्थ्य राज्यमन्त्री अर्यालले अस्पताललाई अझ राम्रो बनाऔं भनेर अभियान चलाउन खोज्दा धुर्मुस–सुन्तलीलाई अभियान्ताका रूपमा खोजी भएको थियो ।

अस्पतालले आफ्नै खर्चमा सरसफाइ गरेको बताएपनि सो फाउन्डेसनले अभियान भन्दै रकम संकलन गरेको र संकलित रकम कहाँ कसरी खर्च भएको छ भन्ने बारेमा अहिले सम्म कुनै हिसाब किताब सार्वजनिक भएको छैन । यता सफाइकै लागि ४७ लाख खर्च भएको भन्दै धुर्मुस सुन्तलीले आफू ऋणमा चलेको बताउँदै आएका छन् । वीरका निर्देशकले काम गर्ने मान्छे देखि खर्च समेत अस्पतालले नै गरेको बताउनु र धुर्मुसले ४७ लाख खर्च भएको बताउनुले कुरा बाझिएको छ ।
नेपाल समाचारपत्रबाट

Logo