सोनाक्षी सिन्हाले इन्स्टाग्राममा आफ्नो ट्रान्फर्मेशनको लेटेस्ट फोटो शेयर गरेकी छिन्, जसमा उनले आफ्नो एब्स फ्लन्ट देखाएकी छिन् । "/>

९० केजीकी थिइन सोनाक्षी, ‘दबंग–३’ सम्म आइपुग्दा उनी यति बद्लिइन्

९० केजीकी थिइन सोनाक्षी, ‘दबंग–३’ सम्म आइपुग्दा उनी यति बद्लिइन्

केन्द्रबिन्दु
0
Shares

सोनाक्षी सिन्हाले इन्स्टाग्राममा आफ्नो ट्रान्फर्मेशनको लेटेस्ट फोटो शेयर गरेकी छिन्, जसमा उनले आफ्नो एब्स फ्लन्ट देखाएकी छिन् । खासमा सोनाक्षी लामो समयदेखि तौल घटाउने प्रक्रियामा थिइन् । अहिले उनी पुरै बद्लिएकी छिन् । अब उनी यो नयाँ लुक्समा सलमान खानसँग ‘दबंग–३’मा देखिनेछिन् ।

हुन त दबंगबाटै बलिउड डेब्यु गरेकी सोनाक्षी हिरोइन हुनुअघि निकै मोटी थिइन् । सलमान खानले अफर गरेपछि उनले तौल घटाएकी हुन् । दबंगमा उनले आफ्नो चरित्र अनुरुप ज्यान बनाएकी थिइन् । त्यसबेला उनले आफ्नो तौल ३५ किलो घटाएकी थिइन् । त्यसबेला उनको तौल ९० केजीको थियो ।

यो क्रम दबंग–३ सम्म आइपुग्दा उनी पुरै स्लिम भइसक्नेछिन् । फिल्मको निर्देशक अरबाज खान र निर्माता प्रभूदेवा रहने छिनोफानो भइसकेको छ । अहिले उनी आफुलाई दबंग ३ का लागि फिट राख्ने क्रममा छिन् । यसका लागि उनी निकै मेहनत गरिरहेकी छिन् । हरेक दिन उनी जिम जाने गर्छिन् । नियन्त्रित खानेकुरा खान्छिन् ।

Logo