धिरजको पोष्टर र गीत पनि चढे सगरमाथा

धिरजको पोष्टर र गीत पनि चढे सगरमाथा

केन्द्रबिन्दु
0
Shares

गायक धिरज राईले सुरु गरेको चर्चित अभियान सगरमाथाको चुचुरोमा पुगेको छ । ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियानमा केही समययता सक्रिय उनले नयाँ सोचका साथ अभियान सञ्चालन गर्दै आएका छन् । यस पटक उनको अभियानको पोष्टर (प्रचार सामाग्री) सगरमाथामा टाँगिएको छ । १४ औं पटक सगरमाथा चढिसकेका जानबु शेर्पाले यो सामाग्री चुचुरोमा लगेर टाँगिदिएका हुन् ।

त्यसैगरी धिरजको नयाँ गीत (बुद्ध गीत)को शब्द पनि सगरमाथा लगिएको छ । सर्मिला स्याङतान तामाङ र निङ्मा छ्योकी शर्पाले उनको बुद्ध बोलको गीत सगरमाथा लगिदिएका हुन् ।

यसअघि एकै ठाऊँ बसेर धेरैले बुद्धमन्त्र बाचन गरेपछि उनको अभियान गिनिजबुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको थियो । पछिल्ला दिनमा धिरज नयाँ–नयाँ अभियानमा सक्रिय रहँदै आएका छन् ।

 

Logo