काठमाडौँ

सम्माननिय प्रधानमन्त्री ज्यु,
यो पत्र एउटा क्रिकेटप्रेमी नेपालीको नाताले हजुरलाई लेख्दै छु । "/>

क्रिकेटप्रेमी नेपालीको हैसियतले कलाकार कुमार कट्टेल जिग्रीले प्रधानमन्त्रीलाई लेखे यस्तो पत्र !

क्रिकेटप्रेमी नेपालीको हैसियतले कलाकार कुमार कट्टेल जिग्रीले प्रधानमन्त्रीलाई लेखे यस्तो पत्र !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सम्माननिय प्रधानमन्त्री ज्यु,
यो पत्र एउटा क्रिकेटप्रेमी नेपालीको नाताले हजुरलाई लेख्दै छु ।
आज नेपालीको छोरो सन्दिप लामिछानेले IPL मा सनसनी मच्चाईरहँदा आम नेपालीहरुको झैं हजुरको पनि छाती गर्वले फुलेको होला । भोली सन्दिप लामिछाने मेरो देशको भन्दा हजुरको पनि इज्जत बढ्ला । सन्दिप लामिछाने , पारस खड्काहरु खाली क्रिकेट मात्र खेलिरा छैनन् , विश्वमा नेपाललाई चिनाईरा पनि छन् । धेरै दुख गरेर हाम्रा खेलाडीहरुले नेपाललाई एकदिवसिय मान्यता दिलाएका छन् ।

तर बिडम्वना तिनै महान् खेलाडीहरुलाई खेल्नको लागी हामिसँग एउटा राम्रो अन्र्तराष्ट्रीय क्रिकेट स्टेडियम पनि छैन । अब हामीले ४ बर्ष भित्रमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम निर्माण सम्पन्न गरेर धेरै भन्दा धेरै एकदीवसिय खेलहरु खेल्नुछ । त्यसको लागि बिगत दुई महिना देखी अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माण अभियानमा हामी रात दिन नभनी लागि रहेका छौं ।

धुर्मुश सुन्तली फाउन्डेसनको सम्योजन र सरकारसङ्गको सहकार्यमा निर्माण हुने स्टेडियमको प्रस्ताबना नेपाल सरकार समक्ष पेश गरेको धेरै दिन भैसकेको छ तर रकेटको गतीमा देश बिकास गर्ने भनेर जनता सामु सपना बाँडेर जनताको जनमत प्राप्त गरी देशको कार्यकारी प्रमुख तपाईं स्वयम् हुँदा समेत तत्काल यसको निर्णय लिन ढिला किन ? हामी नेपाली जनताले हाम्रो क्रिकेट स्टेडियम हामी आँफै बनाउछौं, सरकारले जग्गा उपलब्ध गराइदिनु पर्‍यो मात्र भनेका छौं । कुनै पनि हालतमा देश बन्नु पर्छ भनेर सकरात्मक सोच राख्ने हामी युबाहरुले नेपाल सरकारसङ्ग सहकार्य गर्न खोजेको मात्र हो । जसलाई तपाईं जस्तो देश बन्नु पर्छ भन्ने सोच राख्नु हुने प्रधानमन्त्रीले त कत्ती पनि बिलम्ब नगरि तत्काल निर्णय लिएर अगाडि बढ्नुहोस् , सरकार तपाईंहरुको साथमा छ, भन्नु पर्ने हैन र ?

युद्धपछी बिकासको तिब्र गतीमा अगाडि बढीरहेको अफ्रीकी मुलुक एथियोपियामा यदी कुनै बिदेशी नागरिकले लगानी गर्न चाहन्छ भने ४८ घण्टा भित्र त्यहाँको सरकारले सम्पूर्ण सरकारी प्रक्रिया पुरा गराउँछ । तर हामी त यही देशको नागरिक, यही देश भित्र देशले गर्ब गर्न लायकको स्टेडियम बनाउन खोज्दा सरकारलाई निर्णय गर्न कुन कुराले रोकी रहेको छ ? सरकारले चाहे एक दिनमै के गर्न सक्छ भन्ने कुराको पुष्टि भर्खरै सरकारले चालेको सिन्डिकेट बिरुद्धको कदमबाट पनि स्पस्ट हुन्छ ।

हामी आशा गर्छौं नेपाली क्रिकेटका लागि पनि त्यो एक दिन कत्ती पनि बिलम्ब नगरी आउनेछ, अन्यथा नेपाली क्रिकेटलाई माया गर्ने हामी जस्ता लाखौं नेपाली जनता देशको झन्डा बोकेर हामीले प्रस्ताबना गरेको जग्गामा झन्डा गाड्न वाध्य हुनेछौं । तर हामीलाई विश्वाश छ तपाईं जस्तो बिकास प्रेमी प्रधानमन्त्रीले हामीलाई झन्डा गाड्न वाध्य बनाउनु हुने छैन।
जय नेपाल।
जय नेपाली क्रिकेट ।।

निवेदक

कुमार कट्टेल जिग्री

Logo