बनेपा

नेपाली चलचित्रका नायक आदित्य बुढाथोकी नाट्यकर्मी वर्ष सम्मान २०७४ द्वारा सम्मानित भएका छन् । "/>

नायक आदित्यलाई नाट्यकर्मी वर्ष सम्मान

नायक आदित्यलाई नाट्यकर्मी वर्ष सम्मान

केन्द्रबिन्दु
0
Shares

बनेपा

नेपाली चलचित्रका नायक आदित्य बुढाथोकी नाट्यकर्मी वर्ष सम्मान २०७४ द्वारा सम्मानित भएका छन् । उनलाई नाट्यकर्मी महासंघ काभ्रेले सम्मान गरेको हो ।

बुढाथोकीलाई प्रदेश सभा काभ्रे क्षेत्र नं. ३ का सांसद बसुन्धरा हुमागाईले बनेपामा आयोजित एक कार्यक्रमका बीच सम्मान गरेका थिए । समाज रुपान्तरणमा उल्लेख्य योगदान पु¥याउँदै आएका कलाकारहरुलाई हरेक वर्ष सम्मान गदै आएको नाट्यकर्मी महासंघ काभ्रेले बुढाथोकीले कलाक्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मान गरेको हो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि सांसद हुमागाईले आफ्नो तर्फबाट कलाक्षेत्रको उत्थानका लागि सक्दो पहल गर्ने बताए । हुमागाईले आफूले निर्वाचन ताका बोलेका हर कुरा अनि प्रतिवद्धता पुरा गर्न आफू तत्पर रहेको समेत बताए ।

कार्यक्रममा नाट्यकर्मी महासंघका केन्द्रिय अध्यक्ष विजय विष्फोट, वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा, कलाकार तथा चलचित्र कलाकार संघका संस्थापक अध्यक्ष रविन्द्र खड्का लगायतले कलाक्षेत्रका समस्या, चुनौती तथा वर्तमान अवस्थाबारे चर्चा गर्दै यसको संवद्र्धनका लागि स्थानीय तह, प्रदेश र संघिय सरकारले निती तथा नियम निर्माण गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, प्रेस चौतारीका केन्द्रिय सदस्य नवराज बजगाई, प्रेस चौतारीका जिल्ला अध्यक्ष भुवन रायमाझी, नृत्य निर्देशक संघ नेपालका जिल्ला अध्यक्ष मोहन तौजले, राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सदस्य शर्मिला श्रेष्ठ, राष्ट्रिय संगीतकर्मी संघका जिल्ला उपाध्यक्ष विक्रम गौतम, राष्ट्रिय संगीतकर्मी संघका जिल्ला सचिव दिनेश लामा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गायक एमकुमार मल्ल, शशीशेखर बुढाथोकी, शर्मिला श्रेष्ठ, सावित्री मगर, सविता ढुङ्गाना, हाँस्य कलाकार भगवान खत्री, कलाकार निर्देशक कमल दाहाल, नृत्यकार आश्मा खत्री लगायतले मनोरञ्जनात्मक प्रस्तुति पस्केका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष अमरकृष्ण चन्दले संचालन गरेका थिए । सम्मानित नायक बुढाथोकी लामो समय देखि सडक नाटक, रंगमंच हुँदै टेलिचलचित्र, चलचित्रमा सक्रिय छन् । उनले थोरै भए पुगीसरी, पुरुष तिमी पुरुष, क्याम्पस, एक, रात, समयको कथा जस्ता टेलिश्रृङ्खला, चलचित्र जीवनको गोरेटो, हे यूवा, तिमी मेरो म तिम्रो, नेपथ्य आदिमा अभिनय गर्नुका साथै कल अफ ड्युटी सर्ट मुभि तथा थुप्रै सर्ट मूभि र म्युजिक भिडियो निर्देशन गरी नेपाली कलाकारितामा सक्रिय रहेका छन् । संस्थाले यस अघि वरिष्ठ रंगकर्मी पंकज चित्रकार, वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटालाई सम्मान गरेको थियो ।

Logo