हाम्रा भगवानलाई विश्वमा देखाउने छु मिष्टर नेपाल अक्षय

हाम्रा भगवानलाई विश्वमा देखाउने छु मिष्टर नेपाल अक्षय

केन्द्रबिन्दु
0
Shares

मिष्टर नेपाल २०१७ अक्षय रायमाझी मिष्टर वल्र्ड २०१९ मा सहभागी हुने भएका छन् ।

काठमाडौंमा मंगलवार आयोजित एक कार्यक्रममा उक्त कुराको घोषणा गरिएको हो । एक्स्पोज नेपालले बर्षै पिच्छे पुरुषहरुलाई लिएर मिष्टर नेपाल सौन्र्दय प्रतिगोगिता आयोजना गर्दै आएको छ ।

मिष्टर वल्र्डमा सहभागि हुने अक्षयलाई मोडल तथा अभिनेता दिक्पाल कार्कीले ग्रुमिङ्ग गरिरहेका छन् । यो वाहेक मिष्टर नेपालका पूर्व बिजेताहरु मिष्टर नेपाल २०११ डा.आयुश्मान घिमिरे, २०१४ का सुरज चिलवाल, २०१६ का गणेश अग्रवालले पनि अक्षयलाई ग्रुमिङ गर्नमा सहयोग गर्दैछन् । अक्षय भन्छन् यो प्रतियोगिता मार्फत् म नेपाललाई विश्वमा चिनाउन थप मद्धत गर्न पाउदा खुशी छु । आफुले मिष्टर वल्र्डको उपाधि जित्न सक्दो मेहेनत गर्ने कुरा पनि उनले केन्द्रबिन्दुलाई बताए ।

मिष्टर नेपाल २०१७ अक्षय रायमाझीसँग केन्द्रबिन्दु टिभीले गरेको कुराकानी

Logo