माल्भिकाले गरिन् बुटिकको शुभारम्भ

माल्भिकाले गरिन् बुटिकको शुभारम्भ

केन्द्रबिन्दु
0
Shares

विगत आठ वर्षदेखि नयाँवानेश्वर, थापागाँउबाट सेवा प्रदान गरिरहेको दिपाज् क्रिएसनको नयाँ शाखा टंगालमा विस्तार गरिएको छ । यस वुटिकमा महिला, पुरुष तथा वालवालिकाहरुको लागि विशेष गरेर पार्टी वेयरका ड्रेसहरु ग्राहकको रोजाई अनुसार डिजाइन गरिन्छ ।

गुणस्तरिय फेब्रिकलाई पहिलो प्राथामिकता दिदै ग्राहकको बजेट अनुसार यहाँ डे«सहरु तयार गरिने कुरा वुटिककी डिजाइनर दिपा गौतम थापा बताउनुहन्छ ।
यस वुटिकमा तयार हुने ड्रेस अरुभन्दा फरक मौसम, अवसर, उमेर सवैलाई ध्यान दिएर बनाइन्छ । त्यसैले यहाँको ड्रेस सबै ग्राहकहरुको मुख्य रोजाई बन्न पुगेको छ ।
आउने दिनहरुमा अझै राम्रो डिजाइनहरु तयार गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ग्राहकहरुलाई खुसी पार्ने आफ्नो लक्ष रहेको कुरा दिपा क्रिएसनकी सञ्चालिका दिपा गौतम थापा बताउनुहन्छ ।

टंगालको नयाँ शाखा पूर्व मिस नेपाल मल्भिका सुब्बाबाट शुभारम्भ गरिएको हो ।

 

Logo