रणवीर सिंह र दीपिका पादुकोणबीच अहिले लभ रोमान्स चलिरहेको छ । उनीहरुको रोमान्सको ह्याप्पी इन्डिङ हुनेवाला छ । दुबैले विवाह गर्ने पक्कापक्की जस्तै भएको छ । "/>

दीपिकाको हातमा अझै पूर्व ब्वाइफ्रेन्डको ट्याटु !

दीपिकाको हातमा अझै पूर्व ब्वाइफ्रेन्डको ट्याटु !

केन्द्रबिन्दु
0
Shares

रणवीर सिंह र दीपिका पादुकोणबीच अहिले लभ रोमान्स चलिरहेको छ । उनीहरुको रोमान्सको ह्याप्पी इन्डिङ हुनेवाला छ । दुबैले विवाह गर्ने पक्कापक्की जस्तै भएको छ । रणवीर र दीपिकाको लभ रोमान्स कतै लुकेको छैन । उनीहरुले लुकाउन चाहेका पनि छैनन् ।

नलुकेको अर्को तथ्य के हो भने दीपिका कुनैबेला रणवीरको प्रेममा पागल थिइन् । रणवीर सिंह होइन कपुरको । रणवीर कपुरसँग लामो प्रेम सम्बन्धलाई अन्त्य गर्दै उनी रणवीर सिंहको बहुपासमा बाँधिएकी हुन् ।

रणवीर कपुरलाई उनी कतिसम्म प्रेम गर्थे भने उनको नाममा ट्याटु नै खोपाएकी थिइन् । दीपिकाले आफ्नो गर्दनमा आरके नाम उल्लेख गरेरै ट्याटु खोपाएकी थिइन् । आरके को अर्थ रणवीर कपुर हो ।

रणवीरसँग उनले गहिरो प्रेम गरेकी थिइन् । बिहे पनि उनैसँग गर्न चाहन्थिन् । तर उनीहरुको यात्रा बीचमै टुंगियो । त्यसपछि रणवीर कपुरसँग दीपिका निकै बिच्किएकी थिइन् । उनले करण जौहरको टक शो कफी विथ करणमा रणवीरलाई कन्डोम गिफ्ट दिन्छु भनेर सनसनी मच्याइन् ।

करणले उनलाई सोधेका थिए, ‘रणवीरलाई गिफ्ट दिन परेमा के दिन्छौं ?’ जवाफमा दीपिकाले कन्डम दिन्छु भनेकी थिइन् । उनको यो जवाफले रणवीरका पिता ऋषि कपुर नराम्ररी बिच्किएका थिए ।

रणवीर कपुरसँग ब्रेकअप भएपछि उनले सर्जरी गरेर उक्त ट्याटु मेटाइन् भन्ने हल्ला थियो । तर त्यो हल्ला मात्र रहेछ । हालैमात्र उनले फिटनेस गरिरहेको तस्विरमा स्पष्टसँग उक्त ट्याटु देखिएको छ । पार्टनर बदलेपनि दीपिकाले अहिलेसम्म ट्याटु भने बदल्न सकेकी रहिनछन् ।

Logo