अन्ततः अनिल कपुरकी स्टाइलिस छोरी सोनम कपुरले यसपाली जोडी बाँध्ने टुंगो भएको छ । सोनम आफै बलिउड अभिनेत्री हुन् । बलिउड डेब्यु गर्नुअघि उनी फेसन डिजाइनर थिइन् । "/>

सोनम कपुरको बिहेमा यी जोडीहरुमाथि हुनेछ सबैका नजर

सोनम कपुरको बिहेमा यी जोडीहरुमाथि हुनेछ सबैका नजर

केन्द्रबिन्दु
0
Shares

अन्ततः अनिल कपुरकी स्टाइलिस छोरी सोनम कपुरले यसपाली जोडी बाँध्ने टुंगो भएको छ । सोनम आफै बलिउड अभिनेत्री हुन् । बलिउड डेब्यु गर्नुअघि उनी फेसन डिजाइनर थिइन् । बलिउड इभेन्टहरुमा थरीथरीका फेसनमा पुग्ने उनी गेटअपकै कारण पनि चर्चामा आउने गरेकी छिन् ।

उनी लामो समयदेखि ब्वाइफ्रेन्ड आनन्द आहूजासँगको अफेयरमा थिइन् । अब उनले यही मे ८ अर्थात सोमबार लगनगाँठो कस्दै छिन् । उनीहरुको वैवाहिक समारोहका लागि अलग अलग तीन स्थान छनौट गरिएको छ । त्यहाँ कपुर परिवारसँगै बलिउड र क्रिकेटका हस्तीहरु सहभागी हुनेछन् ।

उक्त वैवाहिक समारोहमा दुई बलिउड जोडीमाथि सबैको आँखा पर्नेवाला छ । ति जोडी हुन्, अनुष्का शर्मा र विराट कोहलीको । हालै विवाह बन्धनमा बाँधिएका उनीहरु सोनमको विहे भोजमा पुग्नेछन् । त्यस्तै दीपिका पादुकोण र रणवीर कपुरको जोडी पनि त्यहाँ पुग्नेछन् । उनीहरुले विहे त गरेका छैनन् । तर, बलिउडका उनीहरुको लभ रोमान्सले ठूलै ठाउँ पाइसकेको छ ।

Logo