बलिउड स्टारको बारेमा त हामीले धेरै कुरा थाहा पाइसकेका छौ । उनीहरुको फेसन, खानपान, फिटनेसको बारेमा पनि हामीले थाहा पाइसकेका छौ । "/>

अनौठो लाग्नसक्छ बलिउड सेलिब्रेटीको यस्तो सौख सुनेर

अनौठो लाग्नसक्छ बलिउड सेलिब्रेटीको यस्तो सौख सुनेर

केन्द्रबिन्दु
0
Shares

बलिउड स्टारको बारेमा त हामीले धेरै कुरा थाहा पाइसकेका छौ । उनीहरुको फेसन, खानपान, फिटनेसको बारेमा पनि हामीले थाहा पाइसकेका छौ । यसपाली हामीले बलिउड सेलिब्रेटीको त्यस्ता कुरा बताउदैछौ जुन तपाइलाइ थाहा नहुन सक्छ ।

बिद्या बालन शानदार अभिनय गर्छिन् । साथसाथै उत्तिकै राम्रो कविता पनि लेख्छिन् । उनले खुलेर यो कुरा त भनेकी छैनन् । यद्यपी आफ्ना साथीहरुलाई उनी कविता सुनाउने गर्छिन् ।

सलमान खान पेन्टिङका सौखिन हुन् । उनी निकै राम्रा पेन्टिङ बनाउँछन् । उनले आफुले बनाएको पेन्टिङ विक्री गरेर सामाजिक सेवामा खर्चन्छन् । शाहरुख खान ग्याजेट्सका अति सौखिन छन् । उनले आफ्नो घरको एउटा कोठालाई ग्याजेट्सकै नाम दिएका छन् । त्यहाँ भिडियो गेम्सदेखि अरु ग्याजेट्स राखिएका छन् ।

शाहरुख कारको पनि सौखिन छन् । उनी आफ्ना साथीलाई पनि अक्सर कार गिफ्ट गर्छन् । हिमाञ्चलको गाउँबाट आएकी कंगनाले सानैदेखि खाना बनाउन सिकिन् । उनी मौका मिल्नसाथ खाना पकाउँछिन् । यो उनको सौख हो ।

अक्षय कुमार मार्शल आर्टका सौखिन मात्र होइन, राम्रा खेलाडी पनि हुन् । उनले बैंककमा यसको तालिम समेत लिएका थिए । यसका साथै उनलाई फोटोग्राफीको पनि सौख छ । अक्षय खाना बनाउन पनि रुची राख्छन् ।

 

Logo