यी बलिउड स्टार किड्सलाई चिन्नुहुन्छ ? यसकारण चर्चामा छैनन्

यी बलिउड स्टार किड्सलाई चिन्नुहुन्छ ? यसकारण चर्चामा छैनन्

केन्द्रबिन्दु
0
Shares

बलिउड स्टार किड्स सारा अली खान, जान्भी कपुर, खुसी कपुर, आर्यन खान, सुहाना खान सबै चर्चामा छन् । त्यसमध्ये सारा अली खान र जान्भी कपुरले बलिउडमा डेब्यु गरिसकेका छन् । बाँकी स्टार किड्स भने कहिले पार्टीमा त कहिले बलिउड इभेन्टमा देखा पर्छन् । उनीहरुकोको चर्चा निकै हुन्छ ।

तर यी स्टार किड्सको खास चर्चा छैन । खासमा उनीहरु चर्चामा आउन नै चाहँदैनन् । उनीहरु क्युट छन् । ग्ल्यामरस पनि छन् । तर चर्चामा आउन रुचाउँदैनन् । उनीहरुको नाम हो अदा मलिक र अनमोल मलिक ।

दुबै अनु मलिकका छोरी हुन् । अनु मलिक बलिउडका चर्चित संगीतकर्मी हुन् । ५६ बर्षिय अनु मलिकको बलिउडमा आफ्नो विशिष्ठ पहिचान छ । अनुको दुई छोरी हुन्, अदा र अनमोल । अनमोललाई गायनमा रुची छ । अदालाई फेसनमा रुची छ । ८० के दशकमा अनमोलले अनेक फिल्ममा उत्कृष्ट गीत दिएका थिए । अनुले अन्जू मलिकसँग बिहे गरेका हुन् ।

Logo