काठमाडौँ

राष्ट्रियसभा सदस्य तथा दाङकी एमाले नेता कोमल वलीले दाङमा राष्ट्रियस्तरको विमानस्थलका लागि पहल गरेकी छिन् । "/>

दाङमा राष्ट्रियस्तरको विमानस्थल बनाउन कोमल वलीको पहल यस्तो !

दाङमा राष्ट्रियस्तरको विमानस्थल बनाउन कोमल वलीको पहल यस्तो !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राष्ट्रियसभा सदस्य तथा दाङकी एमाले नेता कोमल वलीले दाङमा राष्ट्रियस्तरको विमानस्थलका लागि पहल गरेकी छिन् । पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रबीन्द्र अधिकारीसँग आगामि आर्थिक वर्ष २०७५ , ७६ का लागि मागपत्र प्रस्तुत गर्दै वलीले यो पहल गरेकी हुन् ।

मन्त्री अधिकारीले दाङमा राष्ट्रियस्तरको विमानस्थल बनाउन आफूले तत्काल अध्ययन टिम बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । माइक्रो ब्लगिङ साइट ट्विटरमा अधिकारीसँगको भेटपछि वलीले लेखेकी छिन्, ‘धन्यवाद मन्त्री ज्यु, तपाईंले दाङमा विमानस्थलको आवश्यकताबारे बुझिदिनुभयो । र दाङमा सङ्ग्राहलाय बनाउने विषयमा तपाईंको सकारात्मकताले ठूलो अर्थ राख्छ ।’

वलीले मन्त्री अधिकारी समक्ष दाङमा तत्कालै सङ्ग्रहालय आवश्यक भएको, विमानस्थलमा परिमार्जन गरिनु पर्ने र पर्यटकीय स्थलहरुको योजनाबद्ध विकास गर्नु पर्ने माग राखेकी थिइन् । ‘मन्त्री अधिकारी सकारात्मक हुनुहुन्छ,’ वलीले छोटो कुराकानीमा भनिन्, ‘समृद्ध दाङ बनाउनका लागि मैले निकै योजना बनाएकी छु, ती विस्तारै सम्बन्धित निकायमा मागका साथ जानेछु । दाङको विकास र समृद्धि यात्रामा प्रदेश सरकार तथा संघीय सरकारसँग हामीले हाम्रा माग राख्न छुटाउनु हुँदैन । केही राम्रा योजनामा काम गर्ने हो भने दक्षिण एशियाकै ठूलो उपत्यका दाङको मुहार फेरिन्छ, नेपालका आकर्षक पर्यटकीय गन्तव्य मध्ये दाङ एक बन्छ । म दाङलाई सुन्दर दाङ बनाउन हरसम्भव लागिरहनेछु ।’

Logo