ह्यान्डसम हंक आयुश अष्ट्रेलिया जाँदै

ह्यान्डसम हंक आयुश अष्ट्रेलिया जाँदै

केन्द्रबिन्दु
0
Shares

२०७४ चैत्र ४ गते सम्पन्न भएको ह्यान्डसम हंक नेपालका बिजेता आयुश शाक्य अष्ट्रेलिया जाने भएका छन् । विश्व मिडिया प्रा.लिले आयोजना गरेको ह्यान्डसम हंक नेपालको दोस्रो संस्करणका बिजेत हुन आयुश । उनले बिजेता स्वरूप अष्ट्रेलिया भ्रमणको साथसाथै, ५० हजार नगद र म्यूजिक भिडियो गर्ने मौका समेत पाएका छन ।

त्यती मात्र नभएर आयुशलाई नेपासंस्कृति अष्ट्रेलिया शाखाको म्यानेजर पनि बनाएको जानकारी आयोजक संस्थाले दिएको छ । यो जीतको पछाडि आफ्नो परिश्रम, मेहनत र आमाको विश्वास रहेको मान्छन् आयुश । यता आयोजकहरु पनि आयुशको जीत बाट सन्तुष्ट छन् र उज्जवल भविष्यको कामना गर्दछन् । उनी जेठको पहिलो साता अष्ट्रेलिया जाने कुरा विश्व मिडिया प्रा.लिका सिइओ विक्रान्त पौडेल वताउँछन् ।

 

Logo