‘सिल्भर जुल्भी’ मनाउदै मंगोलियन हर्ट (भिडियो कथा)

‘सिल्भर जुल्भी’ मनाउदै मंगोलियन हर्ट (भिडियो कथा)

केन्द्रबिन्दु
0
Shares

नेपाली संगीतका पारखीले लामो समयदेखि सुन्दै आएको प्रिय नाम हो, राजु लामा । धेरै र मीठा गीत गाएर लामा स्रोता माझ प्रिय भएका हुन् । तर यी प्रिय गायक एक्ला भने छैनन् ।

दुई दशकअघि जन्मिएको सांगीतिक ब्याण्ड मंगोलियन हर्टको छातामुनी बस्ने एउटा परिवार नै छ । राजु लामा सहित चन्द्र गुरुङ, बसन्त गुरुङ् , राजकुमार थापा, देव कुमार गुरुङ्ले सुरुवात गरेको मंगोलियन हर्ट अहिले २५ बर्षमा प्रवेश गरेको छ । एउटा सांगीतिक ब्याण्ड यतिलामो समयदेखि निरन्तर चल्नु आफैंमा एउटा उदाहरण हो । मंगोलियन हर्ट नेपाली पपगीतको सुरुवाती ब्याण्ड हो ।

मंगोलियन हर्ट बोय ब्यान्ड हो । सन् १९९२ मा सुरु भएको यो ब्यान्डका सदस्यहरुमा भने बेलाबेलामा परिवर्तन आउने गरेको छ । तर क्याप्टेन अफ सिप अर्थात राजु लामा भने २५ बर्ष देखि नै निरन्तर छन् । कसम छ मेरो, गाजलु टीका, म माया लाउदिन, चुलबुले कन्छि, उभो उभो, तिमिलाई देखेर, मेरो नेपाल, सायद तिम्रो बाटोमा लगायतका गीतहरु मंगोलियन हर्टको चर्चित र सदावहार गीत हुन् ।

सन् २००० मा अर्की हस्ती बबी लामाको ब्यान्डमा इन्ट्री भयो । र, अहिले पनि उनी मंगोलियन हर्टको हर्ट भएर बसेका छन् । उनीहरु को पहिलो एल्बम सोल्टिनी सन् १९९४ मा सार्वजनिक भएको थियो । त्यसपछी मंगोलियन हर्ट भन्ने एल्बम सार्वजनिक भयो अनी लगातार नेपली सङ्गीत क्षेत्रमा मंगोलियन हर्टले योगदान दिदै आएको छ । १० बर्र्ष अघि यस ब्याण्डमा किरण नगरकोटी, सन्तोस थापा, पवन कपाली थपिन आए, मंगोलियन हर्टको खम्बा बनेर । यी ५ सदस्यलाई हामीले एक अर्काको बारेमा सोधेका छौं, के भन्छन् आफ्ना यारहरुकावारेमा यी संगीतका हस्तीहरु ?

२५ बर्ष पुरा भएको अवसर पारेर मंगोलियन हर्टले बैशाख ८ मा चुचेपाटि स्थित हायात होटलको ग्राउन्डमा च्यारिटी कन्सर्ट गर्दैछ । मंगोलियन हर्ट सांगीतिक उत्सव नाम दिइएको ‘रजत जयन्ती’मा देशका अधिकांश चर्चित तथा ख्यातीप्राप्त गायक÷गायिकाहरुको सहभागिता रहने ‘मंगोलियन हर्ट’का प्रमुख सदस्य गायक राजु लामा वताउँछन् ।
आफ्नो सांगीतिक यात्राको उताव–चढावसँगै दर्शक तथा श्रोताबाट पाएको माया र हौसलालाई कायम राख्न रजत जयन्ती मनाउन लागेको उनले सुनाए । उक्त दिनमा ‘मंगोलियन हर्ट भोल ७ एल्बम पनि सार्वजनीक गरिने भएको छ । २५ बर्षसम्म आइपुग्दा कस्तो रहयो त मङ्गोलियन हर्टका यी ५ को एक्सपेरियन्स ?

यहाँसम्म आइपुग्दा भेटिएका सहयोगीहरुप्रति उनीहरु नतमस्तक छन् । स्रोताको माया र विभिन्न संघसंस्थाले दिएको अवार्डलाई उनीहरु कहिल्यै भुल्दैनन् ।

 

Logo