मिस नेपाल २०१८ को ताज श्रृङ्खला खतिवडालाई

मिस नेपाल २०१८ को ताज श्रृङ्खला खतिवडालाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मिस नेपाल २०१८ को ताज श्रृङ्खला खतिवडाले जितेकी छन् । २४ प्रतिस्पर्धीहरुलाई पछि पार्दै खतिवडाले ताज जितेकी हुन् । बुधबार अबेर होटल अन्नपुर्णमा भएको फाईनलमा मुख्य जज गोबिन्द गजुरेलले सोधेको समृद्ध नेपाल सुखी नेपाली हुनको लागि ३ महत्वपुर्ण काम के गर्नुपर्ला भन्ने प्रश्नमा उत्कष्ठ जवाफ दिँदै उनले मिस नेपाल २०१८ को उपाधि आफ्नो हात पारेकी हुन् ।

पूर्व मिस नेपाल निकिता चन्डकले उनलाई ताज पहिराई दिएकी थिइन् । यस्तै ‘मिस नेपाल यूनिभर्स’को उपाधि मनिता देवकोटाले जितेकी छिन् ।

व्युटिफुल हेयरको उपाधि समेत शृंखला खतिवडाले नै जितेकी छन् । त्यस्तै मिस फ्रेन्डसिपको उपाधि सायारा लामाले जितिन् । मिस फोटोजेनिक महिमा सिंह, मिस पंचुअल लक्ष्मी पौडेल, मिस इन्टेलेक्चुअल आश्मा ढुंगाना र मिस एथ्लेट मेघा श्रेष्ठले जितेकी छन् ।

होटल अन्नपूर्णवाट अदिती पौडेलको सहयोगमा

Logo