प्रधानमन्त्री ओलीलाई व्यंग्य गर्दा दीपकराज गिरीलाई आच्छु आच्छु !

प्रधानमन्त्री ओलीलाई व्यंग्य गर्दा दीपकराज गिरीलाई आच्छु आच्छु !

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै आज भारत प्रस्थान गरेका छन् । तीन दिने भारत भ्रमणमा निस्केका प्रधानमन्त्रीको टोलीमा ब्यबसायी, मन्त्री, निजामती कर्मचारी, सल्लाहकारहरुदेखि कलाकारहरु समेत सहभागी छन् ।

भ्रमण दलमा महानायक राजेश हमाल र कलाकार दिनेश डिसी सहभागी छन् । प्रधानमन्त्री ओलीले कलाकारलाई पनि सहभागि गराएपछि हास्य कलाकार दीपकराज गिरीले कडा व्यंग्य गरेका छन् । ‘कलाकारको महत्व कलाकारले नै बुझ्छ भन्थे केपिले बुझेछन्, आफ्नो भ्रमण दलमा कलाकारलाई राखेर……(धन्यबाद)’ गिरीले सामाजिक संजाल फेसबुकमा लेखेका छन् । उनको यो स्टाटस अहिले विवादास्पद बनेको छ ।

उनले व्यंग्य गर्दै प्रधानमन्त्री ओलीलाई ‘कलाकार’ भनेपछि स्टाटसमा उनलाई गाली गर्नेहरुको ताँती लागेको छ । गिरीलाई जवाफ दिंदै पत्रकार विश्वमणि सुबेदीले लेखेका छन्- ‘केपी कलाकार होइनन् । तर, हामीजस्ता अघिपछि लाग्ने कार्यकर्ता जो छौँ- कलाकारमैत्री बन्ने सुझाव दिएका थियौं । यसैको परिणाम हो, भ्रमण दलमा दुई कलाकारको सहभागिता । धन्यवाद त एमालेका कलाकारमैत्री कार्यकर्तालाई दिनुस् ।’

त्यस्तै जीबन सुब्बाले जवाफ दिएका छन्- ‘प्रधानमन्त्रीलाई प्रधानमन्त्री नै भन्नूहोस, आमाले पनि आफ्नो छोरोलाई सार्बजनिक पद धारण गरेको बेला त्यहि हैसियत मा व्यवहार गर्न मिल्दैन, त्यसमा पनि तपाईंले अलिक तुच्छ किसिमले सम्बोधन गर्नु भो, कुन हिसाब ल कलाकार देख्नु भो ? भलै हामी फरक पार्टीको हौला तर प्रधानमन्त्री भनेको जिम्मेवार शक्तिको देशको, अलि भाती नपुगेकै हो तपाईंको ?’

कतिपयले भ्रमण दलमा आफुलाई सहभागी नगराएकोमा दीपकले असन्तुष्टि व्यक्त गरेको प्रतिक्रिया दिएका छन् । आफ्नो स्टाटसलाई नकारात्मकरुपमा लिएको भन्दै दीपकले भने सकारात्मक रुपमा लिन सुझाब दिएका छन् । ‘अमेरीका अष्ट्रोलिया छोडेर बसेको मान्छे भारत जाने रहर छैन.. अर्कों कुरा हमालजी जानु भनेको हामी सबै कलाकार जानु हो, अनि अन्धोभक्तिको चश्मा उतातेर हेर्नु भो भने स्ट्याटस सकारात्मक छ … कला भएका प्रधानमन्त्री’ दीपकले जवाफ दिएका छन् ।

श्री बडा माहाराज झापालीले लेखेका छन्- ‘स्टाटसको भाब बुझेर नै गलतलाई गलत भनेका हौ । हजुर आफै कालो चस्मा लगाएर दूध कालो हुन्छ भन्दै हुनुहुन्छ ।
दाजु अफै मात्र बुझ्ने नबन्नुस न घरबाट बाहिर निक्लिएर हेर्नूहोस त दाजु नेपालीहरु नेपाल बाहिर नि पुगिसके ।
एक्लै दौडिएर फर्स्ट नहुनुस न दाजु
तपाईंको गलत शब्दको ह्युमरलाई टुयुमर भएछ
अरुलाई सम्मान दिन नसक्नेले आफुले आसा गर्नु बेक्कार छ दाजु
यो तितो सत्य हैन दाजु यहाँ सत्य तितो हुन्छ !

 

Logo