काठमाडौँ

अब रानीपोखरी भित्र हाल सम्म पुनःनिर्माणका क्रममा प्रयोग गरिएका सबै आधुनिक निर्माण सामग्री हटाइने भएको छ । "/>

रानीपोखरीका कङ्क्रिड हटाइने, पुरानै तरिकाले निर्माण गरिने

रानीपोखरीका कङ्क्रिड हटाइने, पुरानै तरिकाले निर्माण गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अब रानीपोखरी भित्र हाल सम्म पुनःनिर्माणका क्रममा प्रयोग गरिएका सबै आधुनिक निर्माण सामग्री हटाइने भएको छ । परम्परागत शैली मासिएको भनी गुनासो आएपछि भूकम्पबाट क्षतिग्रस्त पोखरीको पुनः निर्माणको क्रममा प्रयोग भएका निर्माण सामग्री हटाइने निर्णय भएको हो । अबको केही दिनमै रानीपोखरी पुनः निर्माणको क्रममा प्रयोग भएको कङ्क्रिड हटाउन शुरु हुनेछ ।

परम्परागत शैलीमा निर्माण हुनु पर्ने स्थानीयको दबाबपछि करिब तीन महिना देखि पोखरी पुनः निर्माणको काम रोकिएको थियो । रोकिएको काम सुरु गर्न आज संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारी, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल बीचको छलफलले यस्तो निर्णय गरेको हो ।

बैठकमा मन्त्री अधिकारीले साझा मत निर्माण गरेर यथाशीघ्र काम थालनी गर्न आग्रह गर्दै अन्य निकायले स्थानीय सरकारको सहयोगी भएर काम गर्नु पर्ने बताए । जसले बनाए पनि सम्पदा व्यवस्थापन स्थानीय सरकारले नै गर्ने भएकाले महानगरको काममा सबै सहयोगी हुनु पर्ने उनको धारणा थियो ।

महानगर प्रमुख शाक्यले पुरातत्व विभागले देखाएको दोहोरो चरित्रका कारण महानगरलाई अनावश्यक दोष आएको बताउँदै भने, “आफ्नो उद्देश्य सम्पदाको संरक्षण गर्ने हो, मापदण्डका विषयमा कुरा गरौं, सहमति गरौं, एउटै मापदण्डका आधारमा पुनः निर्माण सम्पन्न गरौं ।” विभागका महानिर्देशक दाहालले पोखरीको किनारामा निर्माण गरिएको पर्खाल भत्काउनु पर्ने तर बाल गोपालेश्वर मन्दिरको जगमा विभागले बनाएको कंक्रिटको संरचना भत्काउनु नपर्ने बताए ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले रानीपोखरी पुननिर्माणको विषय व्यक्तिगत नभएको जनाउँदै सबैको भनाइलाई आत्मसाथ गर्दै पुनःनिर्माण गर्नु पर्नेमा जोड दिइन् । अहिले पोखरीको बीचमा रहेको बाल गोपालेश्वर मन्दिरको पुनःनिर्माण पुरातत्व विभागले गरिरहेको छ । बैठकमा कामपाले विज्ञहरुको प्रतिवेदन अनुरुप काम गर्नु पर्ने धारणा राखेको थियो भने विभागका अधिकारीको परम्परागत शैलीमा निर्माण गर्नुपर्ने जोड थियो । रानीपोखरी पुनः निर्माणको क्रममा अहिले सम्म छेउछेउमा पर्खाल लगाउने काम कामपाले गरिरहेको थियो भने बालगोपालेश्वर मन्दिर पुनः निर्माणको काम पुरातत्व विभागले गर्दै आएको छ । यसै बीच महानगरले आगामी जेठ १५ देखि काष्ठमण्डप पुनः निर्माण शुरु गर्दैछ ।
रासस

Logo