दुनियामा यस्ता ब्यक्ति धेरै छन्, जसले युट्युबबाट प्रशस्तै पैसा आर्जन गरेका छन् । कति व्यक्तिको गुजार नै युट्युबको माध्यामबाट चलेको छ । "/>

यी हुन् युट्युबमा सबैभन्दा नरुचाइएका १५ भिडियो

यी हुन् युट्युबमा सबैभन्दा नरुचाइएका १५ भिडियो

केन्द्रबिन्दु
0
Shares

दुनियामा यस्ता ब्यक्ति धेरै छन्, जसले युट्युबबाट प्रशस्तै पैसा आर्जन गरेका छन् । कति व्यक्तिको गुजार नै युट्युबको माध्यामबाट चलेको छ । त्यही कारण युट्यबुमा थरीथरीका भिडियो बनाएर अपलोड गर्ने होड चलेको छ ।

तर युट्युबमा अपलोड गरिएको भिडियो सबैलाई मनपर्छ भन्ने छैन । एउटै भिडियो एकथरीलाई मनपर्छ भने अर्कोथरीलाई मन नपर्न सक्छ । मन नपरेको भिडियोलाई डिसलाइक गर्ने गरिन्छ । त्यसरी डिसलाइकमा पनि कतिपय भिडियोको रेकर्ड बन्छ । मन नपर्ने भिडियो पनि रेकर्ड बन्छ ।

बेबी

कुनै बेला युट्युबमा सर्वाधिक रुचाइएको गीत बेबीलाई १ दशमलव ८ अर्ब भ्युज मिलेको छ । तर यसका साथसाथै यो भिडियोलाई ८७ लाखले डिसलाइक गरेको छ ।

कल अफ ड्युटी

कल अफ ड्युटी इनफाइनाइट वारफेयर रिवीलको ट्रेलरलाई चार करोड पटक हेरिएको छ । तर यसलाई ३६ लाखले डिसलाइक गरेका छन् ।

फ्राइडे

रिबेका ब्लकका गीत फ्राइडेलाई ११ दशमलव ७ करोड भ्युज मिलेको छ । तर ३० लाखले डिसलाइक ठोकिदिएको छ ।

गङनम स्टाइल

साईको गाङनम स्टाइललाई तीन अर्ब भ्युज मिलेको थियो । तर यसलाई २० लाख डिसलाइक पनि मिलेको छ ।

माशा एन्ड द बीयर

माशा एन्ड द बियर भिडियोलाई अहिलेसम्म २ दशमलब ८ अर्ब पटक हेरिएको छ । र १९ लाख बढीले डिसलाइक गरेका छन् ।

Logo