चैत १६ मा ‘फान अवार्ड’ २४ विधामा अवार्ड प्रदान गरिने (भिडियोमा)

चैत १६ मा ‘फान अवार्ड’ २४ विधामा अवार्ड प्रदान गरिने (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले चैत १६ गते आयोजना गर्ने दोस्रो ‘फान अवार्ड’ को टप ५ नोमिनिज कलाकारको नाम सार्वजनिक गरेको छ । काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजना हुने यो अवार्ड ‘कि एडभरटाइजिङ एजेन्सी’ सँगको व्यावसायीक सहकार्यमा गर्न लागिएको हो । यो अवार्डमा २४ विधा समावेश गरिएको छ ।

यो बर्ष कलाकार संघले उत्कृष्ट नायक, नायिका, चलचित्र, निर्देशक, कथा, पटकथा, संवाद, नृत्य निर्देशक, गीतकार, गायक, गायिका, संगीतकार, नव (नायक, नव–नायिका, छायांकार, नव–निर्देशक, चरित्र अभिनेता, चरित्र अभिनेत्री, खलनायक, हाँस्य कलाकार, सहअभिनेता, सहअभिनेत्री लगायतका विधामा अवार्ड प्रदान गर्नेछ ।

कलाकार संघले किन यो कार्यक्रम ढिलो गर्यो र किन कलाकार संघको कार्यक्रममा युवा कलाकारहरुको उपस्थिति हुदैन ? संघकी महासचिव तथा अवार्ड संयोजक सरिता लामिछाने भन्छिन् –‘उहाँहरु ब्यस्त भएर आउन सक्नु भएन होला । तर अवार्डमा चाहिं पक्कै आउनु हुन्छ ।’

 

Logo