काठमाडौँ
लोकगीतकी रानीकी रूपमा ख्याति आर्जन गरेकी गायिका कमला श्रेष्ठको सोमबार निधन भएको छ । कमलाको उपचारको क्रममा बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा १ बजेर ४० मिनेटमा निधन भएको उनका छोरा विनायकले जानकारी गराए । "/>

आँगनीमा दिनु हुन्न बास कि गायिका रहिनन्

आँगनीमा दिनु हुन्न बास कि गायिका रहिनन्

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
लोकगीतकी रानीकी रूपमा ख्याति आर्जन गरेकी गायिका कमला श्रेष्ठको सोमबार निधन भएको छ । कमलाको उपचारको क्रममा बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा १ बजेर ४० मिनेटमा निधन भएको उनका छोरा विनायकले जानकारी गराए । उनलाई मधुमेह, उच्च रक्तचाप तथा मुटु सम्बन्धी रोगको समस्या थियो भने स्वास्थ्यमा समस्या आएपछि आइतबार बिहान ३ बजे अस्पताल लगिएको थियो । ‘जेठो दाइ क्यानडामा हुनुहुन्छ बुधबार मात्र नेपाल आउनु हुन्छ । त्यसपछि मात्र अन्तिम संस्कार गरिनेछ’, विनायकले भने– ‘अहिले उहाँको पार्थिव शरीर टिचिङ अस्पतालमा राखिएको छ।’

राष्ट्रिय नाचघरको ३८ वर्षे सेवाबाट २०६३ सालमा रिटायर्ड चावहिल निवासी उनी स्वास्थ्य समस्याका कारण गायनबाट टाढा भएकी थिइन् । शुरुमा नृत्य कलाकारका रूपमा सक्रिय उनी पछि राष्ट्रिय नाचघरमा गायिकाका रूपमा प्रवेश गरेकी थिइन् ।

कुनै बेला लोकगीतकी रानी भनिने ६९ वर्षीया उनको परदेशी बाबु आँगनमा दिनु हुन्न बास, कल्लाई हो जोवन कल्लाई हो, सहिदिन्छु कुट बरु, सरर मलेवा, शिरफूल लाएर जस्ता गीतहरू सदावहार गीतका रूपमा रहेका छन् । उनले स्वर सम्राट, नारायण गोपालसँग ईश्वर तैंले रचेर फेरि बोलको गीत गाएकी थिइन् भने शिवशंकर, नातिकाजी, गणेश रसिक, गोपाल योञ्जन, शम्भु राई लगायतका गायकहरूसँग नेपाली, नेवारी, भोजपुरी गीतहरू गाएकी थिइन् । उनको परिवारमा ३ छोरा, २ बुहारी र ४ नातीनातीनी रहेका छन् ।
नेपाल समाचारपत्रबाट

Logo