अन्तर्राष्ट्रिय प्रतियोगितामा भिड्दै नेपाली महिला, भोट गर्न आग्रह (भोट गर्ने तरिकासहित)

अन्तर्राष्ट्रिय प्रतियोगितामा भिड्दै नेपाली महिला, भोट गर्न आग्रह (भोट गर्ने तरिकासहित)

केन्द्रबिन्दु
0
Shares

दुई जना नेपाली महिलाले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् । लुमेरी इन्टरनेसनलको आयोजनामा हुन लागेको ‘मिसेस एशिया प्यासिफिक ब्युटी प्याजेन्ट २०१८’ मा नेपालको तर्फबाट गोमा अधिकारी र विन्दु लामाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

उक्त प्रतियोगिता मिसेस एशिया प्यासेफिक ग्लोबलमा गोमा अधिकारी र मिसेस् एशिया प्यासेफिक इन्टरकन्टिनेन्टलमा विन्दु लामाले ग्लोबल मिसेस सुन्दरीहरुसित प्रतिस्पर्धा गर्न लागेका हुन् । 

नेपालको प्रतिनिधिबाट जाने प्रतियोगीहरुलाई आयोजकले सिङापुरमा राखी स्वागत गरी आगामी मार्च २४ मा मलेसियास्थित कन्ट्रि गार्डेन फोनिक्स होटलमा संचालन हुने मिसेस् एशिया प्यासेफिक ग्लोबल २०१८ मा सहभागि हुनेछन ।अमेजन ईन्टरटेन्मेन्टको आयोजनामा भएको पाचौं संस्करणको मिसेस हिमालयन नेपाल २०१८ का गोमा र विन्दु दुवै जनाको सहभागिताको अवसर र अमेजन ईन्टरटेन्मेन्ट अधिकारि बिजेता हुन् भने लामा उपबिजेता हुन  ।

मिसेस् एशिया प्यासेफिक इन्टरकन्टिनेन्टल २०१८ मा सहभागि हुने नेपाली प्रतिनिधि विन्दु लामा मिसेस् हिमालयन २०१८ का फस्ट रनर अप विजेता हुन् । उनले प्रतिस्पर्धामा मिसेस ईन्टिलिजेन्ट अवार्ड जितेकी थिइन् । नृत्य, गायन साथै नेपालका रमणिय ठाउँँहरुमा घुम्न रुची राख्ने तीस वर्षिया विन्दु नर्सिङ पेशामा आबद्ध भैसकेकी र सोही विषयमा मास्टर्स गर्ने तयारीमा रहेकी छिन्  ।

प्रतिस्पर्धीहरु मध्ये सर्वाधिक भोट पाउनेले ‘मिसेस सोसल मिडिया क्विन २०१८’ को ताज पहिरिने छन् । प्रतियोगितामा एशियाका प्राय सबै देशका प्रतोयोगी सहभागी छन् । भोट गर्न सबैभन्दा पहिला आयोजकको अफिसियल पेज लाइक गर्नुपर्ने हुन्छ । त्यसपछि नेपाली प्रतियोगीको फोटो क्लिक गरेर लाइक, कमेन्ट र सेयर गर्नुपर्ने हुन्छ । आयोजकको फेसबुक पेजका लागि यहाँ क्लिक गर्नुहोस् । नेपाली प्रतियोगीलाई भोट गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

Logo