राधिका हमालको “लाहुरे” सार्वजनिक (हेर्नुहोस् भिडियो)

राधिका हमालको “लाहुरे” सार्वजनिक (हेर्नुहोस् भिडियो)

केन्द्रबिन्दु
0
Shares

गायिका राधिका हमालले भर्खरै मात्र “लाहुरे” बजारमा ल्याएकी छिन । “क्याम्पस पढ्न आउने” गित सहित दर्जनौ गितहरु मार्फत स्रोता र दर्शकहरुको मन र मुटुमा बस्न सफल गायिका हमालको यो कोसेली म्युजिक बैंक नेपालले ल्याएको हो ।

गीतमा एकनारायण भण्डारीको शब्द संगीत रहेको छ  । नायिका बेनिशा हमाल र राजेन्द्र कुवरको अभिनय रहेको लाहुरेमा लाहुरेको भूमिका राजेन्द्रले गजबले निभाएका छन्। लाहुरे जीवन शैलीलाई समेटेर तयार पारिएको पनि गायिकाले बताउनु भएको छ ।

गायिका हमालका ढल्क्यो जवानी (२००८), क्याम्पस पढ्न आउने (२०१०), लरक्कै लर्केको (२०१०), टलक्कै ऐना टल्कियो (२००९),तीजै रमाईलो (२०११), मैले गल्ति गरेको (२००९), सम्झी रोइराछु (२०११), जन्मघर छोडेर (२०११), कल्पना गर्छु (२०११), एउटा आत्मा छ (२०१०) आदि लोकप्रिय गितहरु हुन् ।

Logo