‘ब्रेक अप’ भएपछि झनै ‘स्ट्रङ’ भएँ’ – नीता ढुंगाना (भिडियो समेत)

‘ब्रेक अप’ भएपछि झनै ‘स्ट्रङ’ भएँ’ – नीता ढुंगाना (भिडियो समेत)

केन्द्रबिन्दु
0
Shares

नेपाली फिल्म उद्योगमा सफल नायिकाको पंक्तिमा आफ्नो नाम लेखाइ सकेकीछन् नीता ढुङ्गाले । भनिन्छ, भर्खरै आफ्नो सहयात्रामा ‘ब्रेक अप’ लागेपछि उनी झनै ‘स्ट्रोङ’ भएकिछन् । संजोग नै भन्नुपर्छ, राजनीतिक विषयबस्तुलाई उठान गरेको उनी अभिनित फिल्म यहीवेला प्रदर्शनक्रममा छ । ‘पञ्चायत’ नामको त्यही फिल्म हेर्न शीर्ष नेताहरु फिल्म हल पुगेपछि उनीसँग जोडिएर झनै ठूला–ठूला चर्चा भए । प्रस्तुत छ, उनै अभिनेत्री नीता ढुंगानासँग केन्द्रबिन्दु टिभीकालागी अदिती पौडेलले गरेको कुराकानी –

फिल्म ‘पञ्चायत’मा अभिनय गर्दा कस्तो अनुभव गर्नु भयो ?
– मैले यो फिल्ममा अभिनय गर्दा मभन्दा धेरै सानो उमेर भएकि युवतीको भूमिका निर्वाह गर्नु पर्यो । यसकालागी मानसिक तथा शारीरिक अवस्थालाई ठीक बनाउनु पर्दथ्यो । त्यसैगरी यो राजनीतिक विषयबस्तुमा बनेको फिल्म भएकाले पञ्चायतकालीन अवस्थाको वारेमा पनि मैले बुझ्ने मौका पाएँ । छुट्टै किसिमको अनुभव प्राप्त भयो मलाई, पञ्चायतवाट ।

तपाईंलाई फिल्म क्षेत्रमा छिटै नै आएको जस्तो लाग्दैन ?
– छिट्टै नै आएकी हुँ । १० बर्ष भयो । सायद यही कारण मलाई पुरानी नायिका भनेर बुझ्नेहरु पनि छन् । १५ बर्षको उमेरदेखि मैले नायिका भएर अभिनय गरेँ । बालकलाकारको रुपमा त अझ धेरै अघिदेखि नै आएँ । यसरी हेर्दा फिल्म क्षेत्रमा छिटै नै आएको भन्ने कुरा सत्यपनि हो ।

तपाईलाई ग्ल्यामरस भनेको के जस्तो लाग्छ ?
– ग्ल्यामरस हुन लुगा फुकालेर मात्र हुँदैन । त्यसका लागि व्यक्तिमा हुने आकर्षणको विषय प्रमुख हुन्छ । कसैको बोली नै ग्ल्यामरस हुन्छ । स्टेजमा बुरुक बुरुक उफ्रर्दैमा ग्ल्यामरस हुँदैन् त्यो त भल्गर हुन्छ । सुन्दर हुने उपाय हो, ग्ल्यामर ।

तपाईको सफलतामा बुवाआमाले के भन्नुहुन्छ ?
– मेरी आमा हुनुहुन्न् । चार वर्ष भयो । सुरुमा बुवाले कराउनु हुन्थ्यो । अहिले घरको सबै परिवार मसँग नै आश्रित हुनुहुन्छ । खुसी हुनुहुन्छ ।

‘बे्रक अफ’ भएपछि झन राम्री हुनुभएको छ नि ?
– हो । अरुले पनि भन्नु हुन्छ । मेरो अनुभवमा पनि ‘ब्रेक अप’ भएपछि अझै ‘स्ट्रङ’ हुँइँदो रहेछ । ‘ब्रेक अप’ भएपछि मानिस आफैमा बलियो हुन पुग्दो रहेछ । (हाँसो) सायद यही कारण सुन्दरता थपिएको हो कि ?

 

Logo