खुल्यो, घोडचढी सिक्ने पहिलो स्कूल

खुल्यो, घोडचढी सिक्ने पहिलो स्कूल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । घोडा कुदाउन सिक्ने हो ? सिक्ने चाहाना राख्नु भएको छ भने स्कूल सुरु भएको छ । न्यून मूल्यमा घोडा चढ्न सिकाउने ‘फ्ल्याङ हर्ष’ नामक त्यस एकेडमीको उद्घाटन चैत्र  ३ गते हुने स्कूलका प्रमुख मोहमद फाजिल वताउँछन् । भन्छन् – ‘घोडबढी सम्बन्धी धेरै किसिमका प्याकेजहरु राखेका छौं ।’ १२ बर्षभन्दामाथिकाले घोडा चढ्न सिक्न पाउने पनि फाजिल बताउँछन् ।

ललितपुर जिल्लाको धापाखेलमा रहेको ‘फ्ल्याङ हर्ष’ सातदोबाटोवाट चार किलोमिटरको दुरीमा रहेको छ । राम्रा राइडरहरु जन्माउने सोच पालेको एकेडेमीले ट्रेनीहरुलाई घोडा सम्बन्धी सम्पूर्ण जानकारी दिने छ । अहिले ‘फ्ल्याङ हर्ष’ मा ११ वटा घोडाहरु रहेका छन् ।

Logo