‘रातभर मुन्नि बद्नाम घन्काउन हुने, सलमान खान नेपाल आउन किन नहुने ?’

‘रातभर मुन्नि बद्नाम घन्काउन हुने, सलमान खान नेपाल आउन किन नहुने ?’

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ  । बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण स्थगित भएपछि हास्य कलाकार जितु नेपालले आपति जनाएका छन् । कलाकार नेपालले अभिनेता खान नेपाल आउनु सुखद कुरा भएको बताउदै यसले कसैलाई पनि घाटा नलाग्ने बताएका हुन् । 

सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा राख्दै नेपालले भनेका छन्- ‘सलमान खानलाई नेपाल आउन नदिदैमा देशले कॉचुली फेरीहाल्छ जस्तो लाग्दैन, रोक्नपर्ने अन्य धेरै कुरा छन ।’ रातभर डिस्कोमा ‘मुन्नी बदनाम’ घन्काउन हुने अनि खानलाई नेपाल ल्याएर कार्यक्रम गर्न चाही किन नहुने भन्दै कलाकार नेपालले एक विश्व प्रशिद्ध कलाकारको कार्यक्रम सम्पन्न हुदा विश्वभर नै राम्रै सन्देस जाने बताएका छन् ।

‘सलमानको कार्यक्रमको ब्यापक प्रचार गरिएको छ, जवरजस्ती हेर्नै पर्छ भन्ने आदेश थियो र…? सलमान नेपाल आयर माउन्ट एभरेष्ट हेर्न माउन्टेन फ्लाईट जान्थे होलान यसबारेमा केही लेख्थे होलान, लुम्बिनी जान्थे होलान यसबारे केही लेख्थे होलान, करोडौं फ्यान फलोईगं भएका यस्ता सेलीब्रेटीले नेपालको बिषयमा लेख्दा देशलाई फाईदा हुन्थ्यो कि बेफाईदा…?’ कलाकार नेपालले प्रश्न गरेका छन् 

“>

Logo