श्रीदेवीको मृत्यु मदिराको सुरमा बाथटपमा डुबेर

श्रीदेवीको मृत्यु मदिराको सुरमा बाथटपमा डुबेर

केन्द्रबिन्दु
0
Shares

भारतीय चलचित्रकी अभिनेत्री श्रीदेवीको मृत्यु हृदयघातको कारणले नभई मदिराको सुरमा बाथटपमा डुबेर भएको भन्ने प्रहरी रिर्पोट आएको छ ।

गल्फ न्यूजले फरेन्सिक रिर्पोटको हवाला दिदैं श्रीदेवीको मृत्यु बाथटपमा डुबेर भएको र उनको शरीरमा मदिराको अंश समेत फेला परेको जनाएको छ । श्रीदेवीको मृत्यु पहिला हृदयघातको कारणले भएको बताइएपनि उनलाई बाथटपमा डुबेको अवस्थामा उद्धार गरेर अस्पताल लगिएको थियो ।

दुबई पुलिसका अनुसार मदिराको सुरमा श्रीदेवी बाथरुममा जाँदा चिप्लिएर बाथटपमा लडेको र सोही अवस्थामा बाथटपमा डुबेर उनको मृत्यु भएको गल्फ टाईम्सले जनाएको छ । दुबई प्रहरी यही विषयमा गहिरो छानविन गर्न चाहिरहेकै कारण श्रीदेवीको शव सोमवार भारत लैजाने भन्ने कुरामा समस्या देखिएको छ ।

सोमवार रातीसम्ममा श्रीदेवीको शव भारत लैजाने तयारी भएपनि उनका प्रशंसकहरु आईतवार देखि श्रीदेवीको मुम्वाई स्थित बर्सोवाको भाग्य निवास बाहिर भेला हुन थालेका छन् ।

Logo