ऐश्वर्य राय किन राम्री देखिएकी हुन् ? यस्तो छ सेक्रेट

ऐश्वर्य राय किन राम्री देखिएकी हुन् ? यस्तो छ सेक्रेट

केन्द्रबिन्दु
0
Shares

विश्व सुन्दरीको ताज जितेकी ऐश्वर्य राय बच्चन सर्वाधिक आकर्षक महिलाको सूचीमा पर्छिन् । उनको सुन्दरताको बखान सर्वत्र गरिन्छ । ऐश्वर्य अहिले ४२ बर्ष नाघिसकिन् । उनी एक छोरीकी आमा पनि हुन् । तर ऐश्वर्यको तेज अहिले पनि घटेको छैन । न त उनको शरीर भद्दा नै भएको छ ।

छोरी गर्भमा रहँदा उनको शरीर अस्वभाविक मोटाएको थियो । तर बच्चालाई जन्म दिइसकेपछि उनले शरीरलाई फेरी फिट राखिन ।

उनले कसरी आफुलाई फिट राख्ने गरेकी छिन् ?

उनी सन्तुलित खानपान गर्छिन् । व्यायाम गर्छिन् ।

यो उमेरमा पनि उनको छालाको चमक उत्तिकै तेज छ । मुलायम र आकर्षक छ । कसरी यस्तो संभव भयो होला ?

उनी सकेसम्म प्राकृतिक सौन्दर्य प्रसाधनमै भर पर्छिन् । घरमै तयार गरिएको सौन्दर्य प्रसाधनले आफ्नो छालालाई चम्किलो, मुलायम र स्वस्थ्य बनाइ राख्छन् । संभव भएसम्म घरेलु उपचार र प्राकृतिक उत्पादनमा जोड दिने गर्छिन् ।

उनी आफ्नो छालाको डेड स्किन हटाउनका लागि बेसन, दुध र बेसारको फेसप्याक तयार गर्छिन् । यसका साथै उनी घरमा आफै फेस मास्कू र मोश्चराइजर बनाउँछिन् । उनी दहीलाई नेचुरल मोश्चराइजरको रुपमा र कांक्रालाई फेस मास्कको रुपमा प्रयोग गर्छिन् ।

Logo