काठमाडौं
गायक तथा संगीतकार तुला पर्वतले निर्देशन गरेको जिवन्त गीत ‘जुन लुक्यो आकाशमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । "/>

तुला पर्वतको जुन लुक्यो आकाशमा सार्वजनिक

तुला पर्वतको जुन लुक्यो आकाशमा सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
गायक तथा संगीतकार तुला पर्वतले निर्देशन गरेको जिवन्त गीत ‘जुन लुक्यो आकाशमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सिएल शर्माका शब्द, संगीत र स्वरमा तयार भएको गीतको भिडियो सुन्दर नगरी पोखराको कास्कीकोटमा छायांकन गरिएको हो ।

गीतले आमा गुमाएकी छोरीको मर्मलाई बाबुको आँखाबाट ऐना जस्तै छर्लंग पारेको छ । जसमा हाँस्य श्रृंखला भद्रगोलबाट चर्चामा आएकी अभिनेत्री रक्षा श्रेष्ठको दमदार अभिनय रहेको छ । भर्खरै जन्मिएको बच्चालाई माघ महिनाको जाडोमा ठूलो जोखिम मोलेर काम गर्दा निकै नै चुनौती आइपर्ने विषय भिडियोमा देखाइएको छ । बच्चासँग अत्याधिक रम्न मन पराउने तुलाले यो भिडियोमा मात्रै ४ जना बाल कलाकारहरुलाई खेल्ने मौका जुराइदिएका छन् । भिडियोमा रक्षाका अलावा तुला पर्वत, उनकी छोरी श्रृषा कुँवर सहित ३ जना बालकलाकारहरुको अभिनय रहेको छ । भिडियोलाई अजुर्न सापाकोटाले छायांकन गरेका हुन् भने मोती कार्कीले सम्पादन गरेका हुन् ।

Logo