ज्याकी श्राफका छोरा टाइगर श्राफको फिल्म ‘बागी–२’ सार्वजनिक हुँदैछ । फिल्ममा टाइगरसँग दिशा पटानीले स्क्रिन शेयर गरेकी छिन् । "/>

यती हट छिन् टाइगर श्राफकी गर्लफ्रेन्ड (हेर्नुहोस् ५ फोटो)

यती हट छिन् टाइगर श्राफकी गर्लफ्रेन्ड (हेर्नुहोस् ५ फोटो)

केन्द्रबिन्दु
0
Shares

ज्याकी श्राफका छोरा टाइगर श्राफको फिल्म ‘बागी–२’ सार्वजनिक हुँदैछ । फिल्ममा टाइगरसँग दिशा पटानीले स्क्रिन शेयर गरेकी छिन् । अब स्क्रिनमा टाइगर र दिशाको रोमान्स हेर्न पाइनेछ ।

हुन त उनीहरुले अफस्क्रिन रामोन्स भरपुर गरिसकेका छन् । लामो समयदेखि टाइगर दिशासँग डेट गरिरहेका छन् । केहि समयअघि उनीहरु एक समुन्द्री किनारमा मस्ती गरिरहेका देखिएका थिए । त्यसबेला दिशा कालो बिकनीमा देखिन्थे ।

त्यसो त उनीहरु फिल्ममा मात्र होइन, घुमघाममा पनि साथसाथ देखिदै आएका छन् । बलिउड इभेन्टमा होस् वा निजी घुमघाममा दिशा र टाइगरको जोडी छुटिएको देखिदैन । एक पटक उनीहरु भिडमा छलिएर चुरोट तानिरहेको फोटो भाइरल भएको थियो ।

दिशा र टाइगरको जोडी बलिउडमै हिट जोडी मानिन्छ । दिशा टाइगरलाई आफ्नो नियन्त्रणमा राख्न खोज्छिन् । तर टाइगरकी आमालाई दिशा पटानी मन नपर्ने बताइन्छ ।

दिशाले टाइगरलाई अरु केटीसँग बोल्न नदिने कुरा पनि बाहिर आएको थियो । दिशाले टाइगरलाई सुटिङको क्रममा फिमेल को स्टारसँग कुराकानी नगर्न सुझाएकी छिन् । साथै उनी बारम्बार टाइगरको फोन चेक गरिरहेकी हुन्छिन् ।

टाइगरलाई दिशाले अन्य युवतीको फोटो फेसबुकमा शेयर गर्ने अनुमति समेत दिएका छैनन् । दिशा खासमा तेलुगु फिल्मबाट बलिउडमा आएकी हुन् । उनको जन्म बरेलमीमा भएको हो ।

Logo