यसअघि एसएस राजमौलीको फिल्म ‘बाहुबली–२’ ले बलिउडमा सबै कमाइको रेकर्ड तोडेको थियो । अहिले बहुबलीलाई टक्कर दिनका लागि भोजपुरी सुपरस्टार निहुआ आएका छन् । "/>

यी भोजपुरी हिरो जो सँग हिजो साइकल थिएन, अहिले कमाउँछन् लाखौं रुपैयाँ

यी भोजपुरी हिरो जो सँग हिजो साइकल थिएन, अहिले कमाउँछन् लाखौं रुपैयाँ

केन्द्रबिन्दु
0
Shares

यसअघि एसएस राजमौलीको फिल्म ‘बाहुबली–२’ ले बलिउडमा सबै कमाइको रेकर्ड तोडेको थियो । अहिले बहुबलीलाई टक्कर दिनका लागि भोजपुरी सुपरस्टार निहुआ आएका छन् ।

उनको फिल्म महाबली हो । बलिउड ट्रेन्ड एनालिस्ट तरण आदर्शले ट्वीटरमा फिल्मको पोस्टर शेयर गरेका छन् । यो फिल्म भोजपुरीका साथै हिन्दी, बंगाली, तमिल र तेलुगमा पनि रिलिज हुन्छ ।

फिल्मको हिरो निरहुआ गजीपुरको टंडवामा बस्छन् । अहिले उनी सुपरस्टार भएका छन् । तर उनको बिगत दुखलाग्दो छ । उनका पिताको मासिक कमाई ३५ सय भारु थियो । त्यतीका कमाइले सात जनाको पेट पाल्नुपर्ने वाध्यता थियो ।

पैसाको अभाव भएपछि उनका पिता दुबै छोरालाई लिएर कोलकाता गए । यस क्रममा तीन छोरी र पत्नीलाई उनले गाउँमै छाडेका थिए । कोलकातामा उनी ज्यालादारी गर्थे । त्यही पैसाले निरहुआले कलेजमा पढ्न पाए ।

उनले मलिकपुरा कलेजबाट बिकमको पढाई पुरा गरे । त्यसबेला उनको घरमा साइकल पनि थिए । अहिले भने उनी भोजपुरी स्टार बनेका छन् । उनी एउटै फिल्मबाट चालिस लाखसम्म पारिश्रमिक लिने गर्छन् ।

Logo