बलिउड सुपरस्टार भिडभाडमा पुग्दा के हुन्छ ? उनलाई जोगाउन गाह्रो हुन्छ । त्यसैले सेक्युरिटीको व्यवस्था गरिन्छ । धेरैजसो बलिउड स्टार्सको त बडिगार्ड नै छ । "/>

भिडमा सुपरस्टार पापड बेच्दै थिए, कसैले चिनेनन्

भिडमा सुपरस्टार पापड बेच्दै थिए, कसैले चिनेनन्

केन्द्रबिन्दु
0
Shares

बलिउड सुपरस्टार भिडभाडमा पुग्दा के हुन्छ ? उनलाई जोगाउन गाह्रो हुन्छ । त्यसैले सेक्युरिटीको व्यवस्था गरिन्छ । धेरैजसो बलिउड स्टार्सको त बडिगार्ड नै छ । उच्च सुरक्षासँगै उनीहरु बडिगार्डलाई अघिपछि लगाएर भिडमा जान्छन् । त्यती गर्दा पनि उनीहरुलाई भिड छिचोल्न गाह्रो हुन्छ ।

तर, एक सुपरस्टार चाहि भिडभाडमा थिए, जसलाई कसैले वास्तै गरेनन् । भिडमा उनकै अगाडि, पछाडि कति मान्छे आउजाउ गरे उनीहरुले पनि सुपरस्टारलाई बालै दिएनन् । दिनु पनि कसरी, उनी साइकल केहि सामाग्री राखेर बेच्दै हिँडेपछि ।

साइकलमा सामान राखेर भिडिमा पुगेका अभिनेता थिए, ऋतिक रोशन । उनी यस्तो गेटअपमा थिए जो सामान्य सब्जीवाला हुने गर्छन् । उनलाई कसैले चिन्दै चिनेनन् । खासमा उनी फिल्मको छायांकन गरिरहेका थिए ।

भारतको जयपुरदेखि ९० किलोमिटर टाढाको सडकमा उनी पापड बेच्दै हिँडेको भेटिए । उनी अपकमिङ मुभी ‘सुपर ३०’को छायांकनमा यसरी कसैले नचिन्ने गरी भिडमा पुगेका हुन् ।

उनले यस फिल्ममा यस्तो गेटअप बनाएका छन् कि उनलाई कसैले चिन्नै नसक्ने अवस्था छ ।

Logo