हिरो हिरोइनले चुम्बन गरेको, बेड सिन दिएको दृश्य देख्दा दर्शकहरु रोमाञ्चित हुन्छन् । फिल्मलाई बिकाउ बनाउनका लागि पनि यस्तो दृश्य राख्ने गरिन्छ । "/>

अन्तरंग दृश्य दिनुपर्दा बलिउड हिरोइनलाई कति गाह्रो ?

अन्तरंग दृश्य दिनुपर्दा बलिउड हिरोइनलाई कति गाह्रो ?

केन्द्रबिन्दु
0
Shares

हिरो हिरोइनले चुम्बन गरेको, बेड सिन दिएको दृश्य देख्दा दर्शकहरु रोमाञ्चित हुन्छन् । फिल्मलाई बिकाउ बनाउनका लागि पनि यस्तो दृश्य राख्ने गरिन्छ । फिल्ममा एक्सन, रोनाधोना जस्तै विकाउ तत्व हो, कामुक दृश्य पनि । मसला फिल्ममा यस्ता दृश्य प्रशस्तै देखाइन्छ ।

यस्ता दृश्य हेर्दा दर्शक त रमाउँछन् तर त्यस्ता दृश्य दिने हिरो, हिरोइनहरुको हालत कस्तो हुन्छ होला ? केहि समयअघि बलिउड हिरोइनहरुले यस्तो दृश्य दिनुपर्दाको अनुभव सुनाएकी थिइन् । उनीहरुको अनुसार फिल्ममा ति दृश्य जति सजिलो देखिन्छ, गर्न निकै गाह्रो हुने गरेका छन् ।

बलिउड फिल्म समिक्षक राजीव मसन्दको टक शो ‘द बलिउड राउन्ड टेबल’मा बलिउड अभिनेत्रीले लभ मेकिङ दृश्य दिन सहज नहुने बताएका छन् । त्यस्तो दृश्य दिनुपर्दा आफुलाई गाह्रो हुने अभिनेत्री आलिया भट्टले भनेकी छिन् ।

उनी भन्छिन्, ‘सहज अनुभव गर्न सक्दिन । त्यही कारण रिटेक गर्नुपर्ने अवस्था आउछ ।’ अनिल कपुर पुत्री सोनम कपुरले पनि अभय देओलसँग किसिङ सिन दिनुपर्दा गाह्रो भएको बताएकी छिन् ।

सोनम भन्छिन्, ‘फिल्ममा अभय देओल र मेरो एक किसिङ सिन थियो । तर, म पटक पटक पछि हटें ।’ प्रस्तोता राजीवले हास्दै प्रश्न गरे, ‘के उनको मुखमा चिकेनको वास्ना आइरहेको थियो ?’

बिद्याले सुनाइन्, ‘जब म संजय दत्तसग लभ मेकिङ सीन सुट गर्दै थिए, तब उनले आखा बन्द गरे । त्यसबेला मैले बारम्बार सोधें कि, के दादा यो मेरो कारणले हो ?’

 

Logo